•  काठमाडौँ, ७ कात्तिक 

    प्रधानमन्त्री शेरबहादुर देउवा पूर्वका बाढी, पहिरो र डुबान प्रभावित जिल्लाको अवस्था बुझ्न आज बिहान त्यसतर्फ जाँदै हुनुहुन्छ । उहाँ बाढी, पहिरो र डुबान प्रभावित जिल्ला सुनसरी, मोरङ, इलाम र पाँचथर जानुहुने उहाँको सचिवालयले जनाएको छ ।

    प्रधानमन्त्री देउवाको चारै जिल्लामा प्रभावित क्षेत्रको अवलोकन, पीडितसँग भेटघाट र प्रभावित जिल्लाको अवस्थाका बारेमा जानकारी लिने कार्यक्रम तय भएको छ । उहाँ आजै साँझ काठमाडौँ फर्कने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।

    यसअघि प्रधामन्त्री देउवाको नेतृत्वमा अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्रीहरू एनपी साउद, रमेश लेखक र वीरबहादुर बलायरसहितको टोलीले बिहीबार र शुक्रबार सुदूरपश्चिमका बाढी, पहिरो र डुबान प्रभावित जिल्ला पुगेर सो क्षेत्रको अवस्थाका बारेमा जानकारी लिएको थियो ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…