• खोटाङ, ७ कात्तिक

    पहिचान नभएका भुस्याहा कुकुरको टोकाइबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारमा शनिबार १५ जना घाइते भएका छन् । 

    घाइतेको जिल्ला अस्पताल दिक्तेलमा रेविजविरुद्धको भ्याक्सिन लगाएर पठाइएको जिल्ला अस्पतालका प्रमुख डा बैभव मल्लिकले जानकारी दिनुभयो । उनीहरु सबैको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

    जिल्लाको प्रमुख व्यापारिक केन्द्रसमेत रहेको बजारमा यसअघिदेखि नै कुकुरको बिगबिगी थियो । करिब दुई वर्षअघि पनि भुस्याहा कुकुरले जथाभावी मान्छेलाई टोक्न थालेपछि नगरपालिकाले नियन्त्रण गर्न थालेपछि चौतर्फी विरोध भएपछि स्थगन गरिएको थियो । 

    नेकपा (माओवादी केन्द्र)का युवानेता मिलनचन्द्र राईले भुस्याहा कुकुरको आतङ्क तत्काल नियन्त्रण गर्न नगरपालिकासँग माग गर्नुभयो ।  बजारमा रातका समयमा हिँडडुल गर्नसमेत समस्या रहेको स्थानीय बासिन्दाले बताएका छन् ।  ऐसेलुखर्क गाउँपालिकामा समेत  कुकुरको बिगबिगी बढेको स्थानीय बासिन्दाले जनाएका छन् । 

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …