• काठमाडौँ, १० कात्तिक

     राजधानीमा जारी मेयर कप भेट्रान्स फुटबल प्रतियोगितामा नेपाल आर्मी भेट्रान्स क्लबले लगातार दोस्रो जीत दर्ता गराएको छ ।     त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा आर्मीले फर्पिङ स्पोर्ट्स क्लबलाई ४–१ गोल अन्तरले पराजित गदै दोस्रो जीत दर्ता गराएको हो । पहिलो खेलमा आर्मीले फुटबल फेलोसिप क्लबलाई ७–१ गोल अन्तरले पराजित गरेको थियो । यस जीतसँगै आर्मीले २ खेलमा ६ अङ्क जोड्यो । 

        आर्मीको जीतमा राजु तामाङले दुई गोल गरे भने विकर्ण श्रेष्ठ र नवीन न्यौपानेले एक–एक गोल गरे । यता फर्पिङका लागि भने निरज श्रेष्ठले एक गोल फर्काएका थिए ।    फुटबलर्स मिसन टुगेदरको आयोजनामा जारी उक्त प्रतियोगितामा विभिन्न २१ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । सहभागी २१ टोलीलाई विभिन्न सात समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहका विजेता र एक उत्कृष्ट उपविजेता टोली दोस्रो चरणमा स्थान बनाउनेछन् । प्रतियोगिताको विजेता टोलीले रु पाँच लाख तथा उपविजेताले रु दुई लाख ५० हजार पाउनेछन् । 

सम्वन्धित समाचार

 नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सामाजिक सञ्जालमा आफ्नो नाम जोडेर चरित्र हत्या गरिएको …

काठमाडौँ । इन्टर मियामी कोन्काफ च्याम्पियन्स कपको क्वाटरफाइनलको पहिलो लिगमा पराजति भएको छ । विहिबार बिहान…

मोरङको साङ्ग्रिला क्लब विराट गोल्डकपको फाइनलमा पुगेको छ । गएराती विराटनगरस्थित शहिद रंगशालामा सम्पन्न खेलम…

 साउदी प्रो लिग अन्तर्गत अल नासरले अल टाईलाई फराकिलो अन्तरले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा अ…