पथरी । मोरङको कोनेपोखरीमा सहमति नभएपछि नेकपा(एमाले)को नगरसमितिमा मुख्य पदको लागि निर्वाचन हुने भएको छ ।
मंगलबार भएको अधिवेशनमा सर्वसहमतिको प्रयास सफल नभएपछि निर्वाचन हुने भएको हो ।
समितिको अध्यक्ष पदमा ४ जनाले उमेदद्वारी दिएका छन् । दानबहादुर बस्नेत, सुशिल बुढाथोकी, भूपाल श्रेष्ठ र खडानन्द घिमिरेले एकले अर्कालाई नछाड्ने भएपछि चारै जनाले मनोनयन दर्ता गरेको हो ।
त्यसैगरी एक उपाध्यक्षमा खेमकुमारी दाहाल, यशोदा लिम्बु, चन्द्र खड्का र भिम बस्नेतले मनोनयन दिएका छन् ।
एक सचिव पदमा चरण गुरुङ, मोहन प्रसाद अधिकारी, अर्जुन मगर, खड्ग बस्नेत, हेमचन्द्र भण्डारीले उमेद्वारी दिएका हुन । उपसचिवमा अशोक फुयल, याम प्रसाद पौडेल, देवीन समाल आले, गोपाल भट्टाई, अनिल कार्की, वीर वहादुर कार्की, डम्बर बहादर कटुवाल, टंक प्रसाद घिमिरे, कृष्ण थामी र हरि न्यौपानेले उमेद्वारी दिएका छन् ।
एमालेको विधान अनुसार पदाधिकारीमा महिला अनिर्वाय गरिएको छ । पालिकाको ७ वटा वडाबाट ५१४ प्रतिनिधि रहेका छन् । पालिका समितिको सदस्यहरु भने टुङ्गो लागेको बताइएको छ ।
आज (बुधबार) ३ बजे सम्म उमेद्वारी फिर्ता लिने समय राखिएको अध्यक्षको प्रत्यासी भुपाल श्रेष्ठले बताए । भोली विहिबार मतदान हुने निर्वाचन समितिले जनाएको छ । निर्वाचन हुने भएपछि उमेद्वारहरु टिम मिलाउन र भोट माग्न थालेका छन् ।