• बलेवा, १२ कात्तिक

     विदेशमा बसेका युवाले उठाएको चन्दाबाट बागलुङको गलकोटमा पुस्तकालय बनाइएको छ । गलकोट नगरपालिका–५ हरिचौरस्थित सहीद थिरबम मल्ल पुस्तकालय चन्दाबाट पुनःनिर्माण गरिएको हो ।

    जापानमा काम गर्न गएका युवाले सहयोग सङ्कलन गरेर पठाएपछि जीर्ण भवन भत्काएर पुनःनिर्माण गरिएको वडाध्यक्ष नारायणध्वज मल्ल्ले बताउनुभयो । पुस्तकालयसँगै युवाले अन्य भौतिक संरचना, उपकरण र स्वास्थ्य सेवाका लागि पनि रकम सहयोग गरेका छन् । गलकोट समाज जापानका युवाले सङ्कलन गरेको रु ६५ लाखसहित स्थानीयसमेतको सहयोगमा रु एक करोडको लागतमा उक्त तीन तले पुस्तकालय पुनःनिर्माण गरिएको हो । 

    हरिचौरस्थित प्राथमिक स्वास्थ्य केन्द्रसँग जोडिएको सो पुस्तकालय ऐतिहासिक हो । विसं २००७ मा सहीद भएका थिरबम मल्लको स्मृतिमा भरतबम र देवी चैतन्यले स्थापना गर्नुभएको सो पुस्तकालयमा ऐतिहासिक पुस्तक रहेका छन् । पुस्तकालय इतिहासको साछी भएको स्थानीय  बताउँछन् । यहाँ इतिहास, भूगोल र विभिन्न जातजातिको संस्कृति बारेका किताब छन् । भवनको पहिलो तलामा आँखा उपचार केन्द्र, दोस्रो तलामा पुस्तकालय र तेस्रो तलामा सभाहल बनाइएको छ । 

    नगरपालिका र वडाले इतिहासको गन्तव्य पुस्तकालयका रुपमा विकास गर्न थप सामग्री र इतिहासका अन्य दस्तावेज सङ्कलनको कामसमेत गरेको छ । गलकोटस्थित तत्कालीन मल्ल राजाको दरबार, त्यहाँको इतिहासबारे बुझ्न पुस्तकालयमा आवश्यक सामग्री राखिएको देवी बोहोराले बताउनुभयो । उक्त पुस्तकालयमा अन्य संरचना, प्रशासकीय कक्ष र पुरातात्विक महत्वका सामानसमेत राखिनेछ । भवन जीर्ण भएर उपकरण र पुस्तक हराउन थालेपछि लामो समयसम्म भाडामा घर लिनुपरेको थियो । पुस्तकालय बनेपछि दैनिक अध्ययन गर्न जानेको सङ्ख्या बढेको छ । 

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…