• काठमाडौ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले समानुपातिक, सामावेशी राज्य ब्यबस्था कायम गर्न र उत्पीडित समुदायको अधिकारको मुद्धाको लागि आन्दोलन गर्न पार्टी तयार रहेको बताए । 
    पार्टी सम्बद्ध आदिबासी जनजाति महासंघ, नेपालको काठमाडौं पेरिसडाँडामा सुक्रबार(कार्तिक १२) भएको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् । 
    आफ्नो पार्टीले पहिचानसहितको संघीयताको मुद्धा नछाडेको दावि गर्दै अघिल्लो निर्वाचन भन्दा अघि संगठनमा बिग्रह आएकोले आदिबासी जानजाति लगायतका समुदायले भोट नदिएपछि संगठन कमजोर भएको बताए । पार्टी कमजोर भएपछि देशि, विदेशी सक्ति सामु आफ्नो संगठनले चाहेको जस्तो संविधान निर्माण गर्न नसकेको बताए । 
    निर्वाचन अघि मोहन बैद्य, नेत्रविक्रम चन्द (विप्लव) लगायतका सहकर्मीहरुले निर्वाचन बहिस्कार गरेपछि पार्टी कमजोर भएकोले देशमा आफ्नो पार्टीले ल्याएको योजना लागू गर्न नसकिएको बताए । 
    पछिल्लो समयमा सबै नेताहरुले हण्डर, ठक्कर खाँएको कारण पुन माओवादीहरु एकजुट भएर संघीय गणतन्त्रको रक्षा, समानुपाति, समावेशीता र पहिचानसहितको प्रदेशको नाम राख्न पुन आन्दोलन थाल्नु पर्ने प्रचण्डको भनाइ थियो । 
    पार्टीको केन्द्रीय सदस्यसमेत रहेका आदिबासी जनजाति महासंघ, नेपालका अध्यक्ष शुरेस आले मगरले कार्यकर्तामा वैचारिक विचलन आउनुको साथै क्रान्तिकारी पार्टीमा धमिरा लागेकोले संघर्ष जारी राख्नु पर्ने बताए । आदिबासी जनजातिहरुले अस्तित्व स्थापित गर्न पार्टी भित्र र बाहिर संघर्ष गर्नुपर्ने अवस्था आएको बताए । नेपालमा जातीय मुक्ति नभएको तर्क प्रस्तुत गर्दै आले मगरले पार्टी भित्र र बाहिर सुन्ने गरी आवाज बुलन्द गर्नुपर्ने बताए । 
    एमाले र माओवादी केन्द्रलाई अदालतले छुट्टाछुट्टै पार्टी बनाइदिएपछि महासंघले पहिलो बैठकको आयोजना गरी योजनाहरु निर्माण गरेको हो । 
    बैठककले नेपालमा पूर्ण समानुपातिक निर्वाचन पद्दति अपनाउनु पर्ने, प्रत्यक्ष निर्वाचित राष्ट्रपति सिष्टम ल्याउनुपर्ने, आधारभूत विद्यालयहरुमा स्थानीय आदिबासीहरुको भाषामा पठन पाठन गर्नुपर्ने, भाषा आयोगले सिफारिस गरेको भाषा प्रदेशको सरकारी कामकाजको भाषा बनाउनु पर्ने, राष्ट्रिय जनगणना निष्पक्ष हुनुपर्ने लगायतको प्रस्ताव पारित गरेको महासंघको केन्द्रीय कार्यालय सदस्य दुर्गा राईले बताए । 

    महासंघले इन्चार्जको जिम्मेवारी तोक्यो
    एमालेमा गएपछि महासंघमा रहेका र केही थप गरी १५१ केन्द्रीय समिति, १५ कार्यालय, ५१ जनाको सचिवालय बनाएको छ । 
    संगठन चलायमान गर्न बैठकको १ नम्बर प्रदेशमा दुर्गा राई, २ मा हरिनारायण चौधरी, बाग्मति प्रदेशमा दिलिप महर्जन, गण्डकीमा अमर तमु, लुम्बिनीमा बसन्त घर्तिमगर, कर्णाली प्रदेशमा डा.दिपेन्द्र रोकाय र सुदुरपश्चिममा देबिलाल चाँैधरीलाई इन्चार्जको जिम्मेवारी तोकेको छ । 
    महासंघमा युद्धा कालदेखि रहेका ३३ वटा जातीय मोर्चा घटकहरु र एउटा आदिबासी सञ्जाल गरी ४३ वटा संगठन आबद्ध रहेको महासंघको अध्यक्ष शुरेस आले मगरले बताए । सर्बोच्च अदालतले पार्टी विभाजन गराइदिएपछि महासंघको नाम, विधान, झण्डा र लोगो परिवर्तन गर्नुपर्ने भएकोले अध्यक्ष आलेको नेतृत्वमा समिति गठन भएको छ । 


     

सम्वन्धित समाचार

इलाम । चुनाव चिन्ह मुढा लिएका साझा स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बू समर्थकहरुले आज (सुक्रबार) इला…

भूमिप्रसाद पाठक मोरङ । मोरङको पथरीशनिश्चरे—१ स्थित पञ्चायत माध्यमिक विद्यालय कक्षा १२ का विद्यार्थीहर…

इलाम । बैशाख १५ गते हुने निर्वाचनमा इलाम—२ बाट सांसद जित्न पार्टीहरु लागिरहेको बेला नेपालको पूर्ब…

इलाम । स्वतन्त्र साझा उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बूलाई सहयोग गर्न इलाम—२ मा लागिरहेका अभियान्ता त…