काठमाडौ । किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिले आयोजन गर्ने देउसी कार्यक्रममा पूर्ब मन्त्री, वर्तमान सांसद, संवैधानिक आयोजकको सदस्य र उच्च तहको कर्मचारीहरु सहभागि हुने भएका छन ।
यही कार्तिक अन्तिम साता हुन लागेको किरात राई तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन सफल पार्न आर्थिक सहयोग संकलन गर्ने उदेश्यले बिहिबार (१८ कार्तिक) यायोक्खाले भब्य देउसी भैलो तथा शुभकामना आदन प्रदान कार्यक्रम गर्दैछ ।
यायोक्खा केन्द्रीय कार्यालय कोटेश्वर काठमाडौंमा हुने कार्यक्रममा पूर्ब मन्त्री अशोककुमार राई, १ नम्बर प्रदेशको पूर्ब मुख्यमन्त्री शेरधन राई, लोकसेवा आयोग र आदिबासी जनजाति आयोगको बर्तमान सदस्य क्रमस वीरबहादुर राई, शरण राई, नेपाल सरकारको उपसचिव खिलराज राई, शाखा अधिकृतहरु, शसस्त्र प्रहरीका पूर्ब आइजीपी दुर्जकुमार राई, जनपद प्रहरीको पूर्ब एआइजी ठूले राई, गणेशराज राई, रामकाजी राई सफल उद्योगी ब्यबसायी तेजबहादुर राई लगायतको उच्च पदाधिकारीहरु उपस्थिति हुने यायोक्खा केन्द्रीय अध्यक्ष दिवस राईले बताए ।
कार्यक्रममा वर्तमान संघीय सांसद शुरेसकुमार राई, सुदन किराती यायोक्खा पूर्ब उपाध्यक्ष मणिकुमार राई, दुर्गा राई, चन्द्रविक्रम राई, लगायतका पूर्ब पदाधिकारी सदस्यहरुलाई निमन्त्रणा गरिएको महासचिव जनक राईले बताए । संकलित रकम किरात राई तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा खर्च हुने यायोक्खा केन्द्रीय कोषाध्यक्ष देवान राईले बताए ।
काठमाडौमा हुन लागेको अन्तर्राष्ट्रिय सम्मेलनमा विश्वका १५ भन्दा बढी देशहरुबाट प्रतिनिधि आउने यायोक्खा उपाध्यक्षसमेत अन्तर्राष्ट्रिय विभाग प्रमुख जीवन हाताछो राईले बताए ।
कार्तिक २७, २८ र २९ गतेहुने सम्मेलनले राई जातिको इतिहास, भाषा, लिपि र धर्मसंस्कृति सम्बन्धी विचार विमर्श गर्दै १ नं. प्रदेशलाई किरात प्रदेश नामाकरण गर्ने सवालमा व्यापक छलफल गरि सामुहिक निर्णय हुने बताइएको छ ।
सम्मेलनको उद्घाटन र बन्दसत्रमा राई जातिको मौलिक पहिचानको प्रदर्शनीको साथै राजेश पायल राई लगायतका लोकप्रिय कलाकारहरुको प्रस्तुति रहने बताइएको छ ।