• काठमाडौँ, १७ कात्तिक 

    स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले विभिन्न खोप केन्द्रमा पुगेर स्थलगत निरीक्षण गर्नुभएको छ । 

    मन्त्रालयले यही कात्तिक १६ गतेदेखि आजसम्म बल्खु, कोटेश्वर, गोङ्गबु र कलङ्कीमा सञ्चालन गरेको कोरोनाविरुद्धको खोप केन्द्रमध्ये कोटेश्वर र बल्खुको  निरीक्षण गर्नुभएको हो । सो क्रममा मन्त्री खतिवडाले महामारीलाई न्यूनीकरण गर्न खोप प्रभावकारी रहेको बताउनुभयो ।

    मन्त्री खतिवडाले तिहारपछि पनि खोप केन्द्र सञ्चालन गरिने प्रतिबद्धता जनाउनुभएको छ । “अन्य स्थानमा पनि खोप केन्द्र थप गर्दैर्छौँ”, उहाँले भन्नुभयो । विभिन्न मुलुकबाट एक करोड खोप आयात गर्न लागिएको जानकारी दिँदै उहाँले ती खोप बालबालिकाका लागि प्रयोग गरिने उल्लेख गर्नुभयो । मङ्गलबार तीन हजार व्यक्तिले खोप लगाएकामा आज थप १० हजारले लगाउने अनुमान गरिएको छ । त्यसैगरी आज ग्वार्कोमा पनि खोप केन्द्र थप गरिएको छ ।

सम्वन्धित समाचार

 भजनी (कैलाली), १७ फागुन:  सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा सरुवा रोग अनुसन्धान केन्द्रको स्थ…

खोटाङ, १३ फागुन :  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी २९ वर्षीया फुरदिकु शेर्पा…

 काठमाडौँ, १२ माघ :  नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’…

 तुलसीपुर (दाङ), १ भदौ : दाङ शान्तिनगर गाउँपालिका वडा नं २ ले घरमै पुगेर ज्येष्ठ नागरिक बिरामीको …