• मोरङ । मोरङको केराबारी गाउँपालिका–७ मा निर्माण भएको मुहिङगुम अङसिमाङ  लिङदेन फाल्गुनन्द  मिङसो माङहिम मुख्यमन्त्री राजेन्द्र राईबाट उद्घाटन हुने भएको छ । 
    किरात धर्मालम्बीहरुले फाल्गुनन्द लिङदेनलाई विश्व शान्ति तथा मानव एकताका प्रवर्तक किरात धर्म दर्शनदाता मान्दछन् । राष्ट्रिय  विभूतिसमेत रहेका महागुरु फाल्गुनन्द लिङदेनको १३७ औं महागुरु फाल्गुनन्द  लिङदेन जन्मजयन्ती अबसरमा उद्घान हुने भएको हो ।
    जन्मजयन्तिको अवसरमा उद्घानसहित विविध कार्यक्रमहरुको आयोजना हुने भएको छ । कार्तिक २३ देखि २५ गतेसम्म सप्तकोशीमा गालीश्राप, विश्वशान्ति मानव एकताको निम्ति सेवा पूजा र २५ गते महागुरु फाल्गुनन्द लिङदेन १३७ औं जन्मजयन्ती मुल समारोहको प्रदेश नं स् १ को मुख्यमन्त्री राजेन्द्र राइको हातबाट उद्घाटन  गरिनेछ । 
    सोही दिन किरात धर्मगुरु  आत्मानन्द लिङदेन सेइङ तथा किरात धर्म गुरुआमा साँवा पवित्र हाङमा लिङदेन ज्युहरुको हस्तबाहुलीबाट मुहिगुम अङसिमाङ महागुरु फाल्गुनन्द मिङसो माङहिमको उद्घाटन एवं  महागुरु फाल्गुनन्दको पूर्ण कदको सालिक अनावरण गरिने छ । केराबारी क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने, सास्कृतिक विविधतालाई प्रचार प्रसार गर्ने भनेर 

    किरात धर्मगुरु आत्मानन्द लिङदेन सेइङबाट  आशिर्वचन, मुन्धुमी गायक बबिम सेर्मा र सुनिता थेगिम लगायत कलाकारहरुको प्रस्तुति रहने आयोजक विमल चेम्जोङले बताए ।
    किरात धर्मावलम्बीहरु विश्व शान्ती, मानव एकताका, अहिंसा चाहने १३७ औं जन्मजयन्ती मूल समारोह आयोजक समितिका अध्यक्ष  अमरदल मिभकले बताए । 
     

सम्वन्धित समाचार

काठमाडौं । हरितालिका तिज पर्वमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका लागि मूल मन्दिरका चार ढोका बिहान ३ …

काठमाडौ । सम्झौताअनुसार काम नगर्ने कान्छाराम कन्स्ट्रक्सनसहित २२ वटा निर्माण तथा आपूर्ति कम्पनीलाई …

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी सोलुखुम्बुको लिखिुपके गाउँपालिकाका पालिका सभापति राम चन्द्र बस्नेत पक्राउ…

काठमाडौं । १२ कक्षाको नतिजा सार्वजनिक भएको छ । सोमबार साँझ बसेको परीक्षा बोर्डको बैठकपछि नतिजा सार्वजनिक…