• २०७८ कार्तिक १८ गते, बिहीवार, ४ नाेभेम्बर २०२१। कार्तिक कृष्णपक्ष औँसी तिथि। चित्रा नक्षत्र, ०८ः१४ बजेदेखि स्वाती। चन्द्रराशि– तुला। 

    मेष :  समय व्यवस्थापन गर्न गारो होला र कार्य सम्पादनमा समस्या आउला । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । दबाब र तनाव बढेको महसुस हुनेछ ।


    वृष :  आज तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ ।


    मिथुन :  रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । आर्थिक र व्यवसायिक समस्या समाधान हुनेछन् । शत्रु पनि क्षय होलान् ।


    कर्कट : आज नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । रोकिएका काम पुनः सुरु हुन सक्छन् ।


    सिंह : लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन । मित्रताको बन्धन कसिनुका साथै सुखमा रमाउने समय छ । नोकरी गर्नेले मानसम्मान पाउनेछन् ।


    कन्या : आज चिताएको कामले तीव्रता लिनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्न सक्छ । परिश्रम अनुसार उपलब्धि पनि राम्रै पाइनेछ ।


    तुला : आज रमणीय र सुखद् यात्राको योग छ । धर्म र आस्था बढ्नेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ ।


    वृश्चिक : आज मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । विचार पुर्याएर निर्णय लिनु राम्रो होला, तर मेहनेत अनुसार आर्थिक लाभ भने मिल्नेछ ।


    धनु  : आज लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । स्वास्थ्य पनि सबल नै रहनेछ ।


    मकर : आज शुभकार्यको चर्चा चल्नेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । बन्दव्यापारका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ ।


    कुम्भ : धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । भाग्यले विभिन्न अवसर जुराउनेछ । जग्गा जमिनको कारोबारबाट राम्रो फाइदा हुनेछ ।


    मीन : आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । आफ्नो हातबाट शुभ कार्य गर्न पनि पाइनेछ ।

    राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।
          -रातोकलम  

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…