• मोरङ । आगामी १२ औं राष्ट्रिय जनगणनामा धर्मको महलमा किरात लेख्न आठ वटा सामाजिक संस्थाहरु तिब्र ढंगले लागिरहेको छ । 
    यस अघिको गणनामा किरात राई, लिम्बू, याक्खा र सुनुवार समुदायले मात्र संस्थागत रुपमा धर्मको महलमा किरात लेख्दै आएका थिए । यस अघि जनसंख्याको हिसावले किरात नेपालको चौथो धर्मको रुपमा स्थापित छ । 
    यस बर्षदेखि सुरेल, हायु, जिरेल र थामि समुदायको सामाजिक संस्थाहरुले धर्मको महलमा किरात लेख्ने निर्णय गरेर प्रचारमा जुटेको हो । 
    किरात समन्वय समितिको आयोजनामा बैठकहरु बसेर प्रचारलाई तिब्र बनाउने निर्णय भएको किरात राई यायोक्खाको महासचिव जनक राईले बताए । जात÷जाति, पूर्खा÷मातृ, दोस्रो भाषाको महलमा आ–आफनो लेख्ने र धर्मको महलमा सबैले किरात लेख्न संयुक्त पम्प्लेट प्रकाशन गरेर प्रचार भइरहेको छ । आ–आफ्नो संस्थाले र संयुक्त रुपमा पनि पर्चा प्रकाशन गरेर वितरण भइरहेको छ । 
    संख्यात्मक हिसाबले नेपालमा किरात धर्म चौथो मानीय पनि राष्ट्रिय वानिज्य बैंक लगायतको बैंकिङ्ग खाता खोल्दा, बैदेशिक रोजगारी लगायतका फर्महरुमा किरात धर्म उल्लेख नभएपछि त्यहाँ उल्लेख भएकै धर्ममा टिक लगाउनु पर्ने बाध्यता रहेको छ । 
     

सम्वन्धित समाचार

 जब खाजा खानेबेला हुन्छ, ६२ वर्षीय नीरबहादुर विकको आवाज दोहोरिरहन्छ । ‘आउनुहोस् हजुर, मकै खा…

ताप्लेजुङमा रेडपान्डा (रातो हाब्रे ) अध्ययन तथा अनुसन्धान केन्द्र निर्माण सम्पन्न भएको छ । फुङ्लिङ नगरपालिका&n…

कमलामाई (सिन्धुली), ३ चैत    पूर्वमा सेल्फी डाँडा, एक पोज फोटो डाँडामाथिको बुट्टेदार पर्खालको…

ढोरपाटन, २ चैत    कच्ची पहाडी बाटोको लामो सकसपूर्ण यात्रा, त्यो पनि खोला र जङ्गल छिचोल्दै पुग्न…