• सांगीतिक क्षेत्रमा तपाईको यात्रा कुन स्तरमा आइपुग्यो ? भन्ने प्रश्नमा उनले भने–‘मैले मेरो स्तर यकिन गर्ने होइन, यो त मेरो कर्म र आम दर्शक स्रोताको मायाले निर्धारण गर्ने कुरा हो ।’ संगीतप्रति ढिटो कसेर लागिपरेका उनले थपे–‘मेरो जीवनको अन्त्यसम्म संगीत सृजनामा नै निरन्तर रहनेछु ।’ यस्तो भाव दर्शाउँछन् गायक एकदेव लिम्बु । गायक भएपछि प्रायः सबै प्रकारको गीत गाउन सक्नुप¥यो भन्ने लिम्बु गीत गाएपछि सबैको मनमा बस्न सकँु भन्ने

    सोच पनि राख्छन् । उनी गायनमा मात्र सीमित छैनन् एक सफल कम्पोजर÷निर्देशक पनि हुन् । नेपाली सांगीतिक क्षेत्रमा आइसकेपछि केही समय ‘हिट’ त्यसपछि गायव हुने चलन नै छ । तर, लिम्बु भने निरन्तर अनवरत रुपमा नै गीत संगीतमा लागिपर्ने सुझाउँछन् । काठमाडौं उपत्यका बाहिरका प्रायः सबै जिल्लाहरुमा आफ्नो प्रस्तुति पस्किसकेका छन् उनले । सांगीतिक मोडमा उनलाई कहिले हतार हुन्न सधैं एकनासले हिड्न चाहन्छन्, त्यसैले त उनी गायकहरुको भीडमा परिचित छन्, निरन्तर अघि बढिरहेका छन् ।



    गायक लिम्बु आफ्नो भाषा र संस्कृतिलाई औधी माया गर्छन् । त्यसैले त उनी लिम्बु भाषाको गीत ‘लुङ्माए’लाई आर एण्ड बीमा ढाल्ने प्रथम गायक दरिएका छन् । सो गीत अहिले युट्युवमा भाइरल नै बनेको छ भन्दा अत्यू्क्ति नहोला । केही समय अघि उनले ‘लुङ्गा’ बोलको गीत स्रोता सामु ल्याइसकेका छन् । उनको गीतहरु ‘तिम्रो नै मायामा...’, ‘लै बरी लै...’, ‘घुमसुम...’, ‘छाइदियौं तिमी...’, ‘म गाउछु...’ लगायत चर्चित छन् । –

    प्रस्तुति ः सन्तोष राई 

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका ८ नं. वडा कार्यलयको आयोजनामा एक महिने निशुल्क साकेला सिलि नाच प्र…

 लमजुङ, १५ फागुनः लमजुङको दूधपोखरी गाउँपालिका–३ को ठूलो काभ्रे र दोर्दी गाउँपालिका–५…

  मेष: स्वास्थ्य, धन र परिवारको दृष्टिले तपाईको दिन राम्रो रहनेछ। तपाईं ऊर्जावान, आत्मविश्वासी र आश…

उर्लाबारी २५ माघ नेपाल तामाङ घेदुङ उर्लाबारी ८ र ९ को संयुक्त आयोजनामा दुर्गापुरी स्थित आज माघ २५ गते दे…