मोरङ । मोरङको पथरीशनिश्चरेमा भइरहेको पिट्सबर्ग च्यालेन्ज कप फुटबल प्रतियोगिताको उपाधिको लागि भोली (सुक्रबार) आमनेसामने हुने भएको छ ।
बुधबार भएको खेलमा बिराटनगरलाई हराउदै बेलबारी एफ.सी. फाइनलमा पुगेपछि उपाधीको लागि दमकसँग भिडन्त हुने भएको हो । सेमी फाइनल खेलमा बिराटनगरलाई बेलबारी एफ.सी.ले ३—२ गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रबेश गरेको हो । यस अघिको खेलमा भाउन्ने मोरङलाई दमक झापाले पराजित गर्दै फाइनलमा प्रवेश गरिसकेको छ । फाइनल खेल सुक्रबार २ बजेदेखि हुने खेल संयोजक गणेश थक्लुङ लिम्बूले बताए ।
थ्री रिभर्स एफ.सी. अमेरिकाको आयोजनामा भएको प्रतियोगितामा झापा, मोरङ र सुनसरीको ९ र भुटानी शरणार्थीको एक टिम गरी १० टिमले सहभागिता थिए ।
प्रतियोगिताको प्रथम र दास्रो हुने टिमले क्रमशः १ लाख १ हजार र दोस्रोले ५१ हजार नगद ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिने संयोजक थक्लुङ्गले जानकारी गराए ।