• दमौली, १९ कात्तिक

     श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले संस्कार र संस्कृति संरक्षण भावी पिँढीमा हस्तान्तरण गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपाल संवत् ११४२ को अवसरमा नेवाः देय दबु गुठी समन्वय समितिद्वारा आज दमौलीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संस्कार र संस्कृति संरक्षण गर्नु अपरिहार्य रहेको उल्लेख गर्नुभयो । 

    नेवार समुदायभित्रै संस्कृति हराउँदै जान थालेको भन्दै मन्त्री श्रेष्ठले भन्नुभयो, “अहिलेका पुस्ताले भावी पुस्तालाई नेवार जातिको संस्कृति, संस्कार सिकाउँदै जानुपर्छ । तब मात्र संस्कृतिको संरक्षण हुन्छ ।” उहाँले सबै जातजातिको भाषा, संस्कृति संरक्षण गर्ने दायित्व सरकारको भएको बताउनुभयो । नेपाल संवत्को अवसरमा सबै जातजातिबीच सद्भाव कायम गर्न प्रेरणा मिल्नुपर्ने उहाँको भनाइ थियो । 

    उहाँले कोरोनाबाट रोजगार गुमाएका बेरोजगार युवालाई देशभित्रै रोजगारी सिर्जनाका लागि कार्यक्रम बनाइने जनाउँदै भन्नुभयो, “बेरोजगारलाई रोजगारी सिर्जना गर्न चुनौती छ, त्यो चुनौतीलाई चिर्दै अगाडि बढ्छु ।”

    कार्यक्रममा गण्डकी प्रदेशका बिनाविभागीय मन्त्री डोवाटे विकले जिल्लाको विकास निर्माणमा तीन तहको सरकारको हातेमालो रहने बताउनुभयो । व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले सामाजिक सद्भाव कायम गर्न नेपाल संवत्बाट प्रेरणा लिनुपर्नेमा जोड दिनुभयो । पूर्व नगरप्रमुख ताराप्रसाद श्रेष्ठले नेवारको संस्कृति नेपालको सम्पत्ति भएकाले यसलाई संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । नेवाः दवुका केन्द्रीय उपाध्यक्ष शङ्करनारायण श्रेष्ठले नेपाल संवत्लाई व्यवहारिक बनाउन सरकारसँग आग्रह गर्नुभयो । 

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका ८ नं. वडा कार्यलयको आयोजनामा एक महिने निशुल्क साकेला सिलि नाच प्र…

 लमजुङ, १५ फागुनः लमजुङको दूधपोखरी गाउँपालिका–३ को ठूलो काभ्रे र दोर्दी गाउँपालिका–५…

  मेष: स्वास्थ्य, धन र परिवारको दृष्टिले तपाईको दिन राम्रो रहनेछ। तपाईं ऊर्जावान, आत्मविश्वासी र आश…

उर्लाबारी २५ माघ नेपाल तामाङ घेदुङ उर्लाबारी ८ र ९ को संयुक्त आयोजनामा दुर्गापुरी स्थित आज माघ २५ गते दे…