• उदयपुर, १९ कात्तिक

     उदयपुरको त्रियुगा नगरपालिका–१४ साउनेस्थित निपानेगाउँमा बिजुली बलेपछि स्थानीय बासिन्दाले उज्यालो देख्न पाएका छन् । 

    विकट पहाडी क्षेत्रमा अवस्थित सो गाउँमा लक्ष्मीपूजाका दिन पहिलोपटक बिजुली विस्तार भएर गाउँ झलमल्ल भएपछि स्थानीय बासिन्दाले उज्यालो देख्न पाएका हुन् । 

    यसअघि गाउँमा बिजुली नहुँदा दियालो र सोलार टुकी तथा अन्य वैकल्पिक व्यवस्था गर्न बाध्य हुनुपर्ने अवस्था रहेको स्थानीयवासी धनबहादुर पुलामी मगर जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “गाउँमा पहिलो पटक बिजुली पुग्दा अन्धकारमुक्त भएका छौँ ।”  

    त्रियुगा नगपालिका र सो वडा कार्यालयको रु ३० लाखभन्दा बढीको लगाानी र स्थानीयवासीको श्रमदानबाट साउनेको निपानेमा पहिलोपटक बिजुली पु¥याउन सफल भइएको वडा नं १४ का अध्यक्ष कुरुङ राईले बताउनुभयो । दश वर्षदेखि निपानेमा बिजुली पु¥याउने प्रयासपछि बल्ल यसपटकको लक्ष्मीपूजाका दिन बिजुली बल्न सफल भइएको वडाध्यक्ष राईको भनाइ छ । 

    त्रियुगा नगरपालिकाभरि सबैतिर बिजुली यसअघि नै बलेर झलमल्ल भए पनि आफूहरु लामो समयदेखि गाउँमा टुकी बालेर बस्न बाध्य हुनुपरेको बेलामा बल्ल यसपटक बिजुली बल्दा आफूहरु खुशी भएको मगरले बताउनुभयो । गाउँमा पहिलोपटक बिजुली बाल्न पाउँदा अहिले आफूहरु साह्रै खुशी भएको र विकास भनेको यस्तो हुन्छ भन्ने कुरा अनुभूति गरेको निपानेका गङ्गा मगरले बताउनुभयो । लक्ष्मीपूजाका दिनदेखि गाउँमा बिजुली बलेपछि निपानेगाउँका १२० घरपरिवार हर्षित बन्न पुगेको स्थानीयवासी बताउँछन् ।

    जिल्ला सदरमुकाम गाईघाटबाट २५ किलोमिटर उत्तरी पहाडी क्षेत्रमा अवस्थित जङ्गलभित्रको दुर्गम निपानेगाउँमा यसवर्ष लक्ष्मीपूजाको दिनदेखि  बिजुली बल्न सुरु गरेपछि अहिले सो क्षेत्रका बासिन्दामा खुशीयाली छाएको छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…