• मुख्यमन्त्री र यायोक्खा पदाधिकारीवीच भेट

    मोरङ । प्रदेश नम्बर १ को नाम किरातसँग जोडेर राख्न पहल गर्ने मुख्यमन्त्री राजेन्द्र राईले बताएका छन् । 
    मंगलबार(कार्तिक २३) किरात राई यायोक्खाको केन्द्रीय पदाधिकारीहरु विराटनगरमा कुरा गर्दै मुख्यमन्त्री राईले सो कुरा बताएका हुन् । 
    किरात शब्द कुनै एक जाति बिषेशभन्दा सभ्यता, भूगोल, इतिहास, संस्कृति भएको दावि गर्दै किरात राई यायोक्खा लगायतका सामाजिक तथा राजनीतिक संगठनहरुले १ नम्बर प्रदेशको नाम किरात राख्न माग गर्दै आएका छन् ।  
    भेटमा मुख्यमन्त्री राजेन्द्र राईले आफूसम्बद्ध पूर्ब पार्टी नेकपा(एमाले)को दुई वटा महाधिवेशनले बहुपहिचानको आधारमा नाम राख्ने प्रष्ट निर्णय गरेको, निर्वाचनहरुमा लिखित रुपमै प्रतिबद्धता गरेकोले किरातसँग जोडेर नाम राख्दा प्रतिबद्धता पुरा हुने बताए ।
    सरकार जनताको भावना अनुसार चल्ने भएको हुँदा बहुपहिचानको आधारमा नाम राख्दा प्रदेशसभा सदस्यहरु सोही अनुसार लाग्नेमा आफू विस्वास्थ रहेको बताए । 
    नामको लागि सरकार सम्बद्ध र प्रतिपक्ष दलहरुसँग छलफल गरेर सर्बसहमतिको आधारमा नाम राख्न आफू लागि पर्ने बताए । 
    मुख्यमन्त्री राई सफथ लिएपछि काठमाडौंहुँदै भोजपुर र धनकुटाको कार्यक्रमहरुमा प्रदेशको नाम किरात कोशी वा किरात सगरमाथा राख्न पहल गर्ने बताएका थिए । 

    किरात राई यायोक्खा केन्द्रीय उपाध्यक्ष तिलक याम्फु राई, केन्द्रीय प्रचार बिभाग प्रमुखसमेत रहेका सचिव अर्जुन जम्नेली राई लगायतको सहभागितामा प्रदेशको नाम बारे छलफल भएको थियो । कार्तिक २७ गतेबाट काठमाडौंमा हुन लागेको किरात राई तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनको निम्तो दिने क्रममा यायोक्खा पदाधिकारी र मुख्यमन्त्रीवीच भेट भएको थियो । भेटमा पदाकिारीहरुले यायोक्खा संस्थाको तर्फबाट मुख्यमन्त्री राईलाई बधाई तथा शुभकामना दिएका थिए । 
     

सम्वन्धित समाचार

मोरङ । नेपाली कम्युनिष्ट पार्टीका उमेद्वार डा.देउमान सम्वाहाङ्फेले मोरङ ३ नं. क्षेत्रमा निर्वाचन जित्ने विष्ले…

मोरङ । जनता समाजवादी पार्टी नेपालको तर्फबाट  सुनसरी–१ मा संजय मेवाहाङ राईले उम्मेदवारी दिएक…

मोरङ । कुलमान घिसिंङ नेतृन्वको उज्यालो नेपाल पार्टीको समानुपातिक उमेद्वारसहित ३ जनाले पार्टी परित्याग गरे…

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…