• मोरङ । प्रदेश नम्बर १ का सामाजिक बिकास मन्त्री बिष्णुमाया तुङ्बाहाङ्फे (राई)ले पाँच दलीय गठबन्धन अझ बलियो हुने बताएकी छन् । 
    संघीय लिम्बूवान मञ्च मोरङ जिल्ला समितिले बिहिबार पथरीशनिश्चरे स्थित सिरिजंङ्गा धार्मिक वनको कार्यालयमा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा मन्त्री तुङ्बाहाङ्फेले सो कुरा बताएका हुन् । 
    तुङ्बाहाङ्फे संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको तर्फबाट मन्त्री बनेकी हुन् । पार्टी इतिहासमा पहिलो पटक सरकारमा गएकोले पार्टीले अब आफ्नो मुद्धाहरु सरकार, सदन र सडकबाट एकसाथ अगाडि बढाउने बताए । 
    पार्टी संघीयता र गणतन्त्रको रक्षाको लागि सरकारमा गएको दावि गरिन । नेपाली जनताको संघर्षको कारण ७ प्रदेश आएको भन्दै भविश्यमा ११ बनाउन सकिने मन्त्री तुङ्बाहाङ्फेको भनाइ थियो । 
    नयाँ गठन भएको सरकारले प्रदेशको १३७ पालिकाहरुमा रहेका विपन्न परिवारका विद्यार्थीलाई छात्रावृति दिने, लोपोन्मुख भाषा संस्कृतिकको संरक्षण तथा अघिल्लो सरकारले मनोमानी ढंगले गरेको नियुक्ति खारेजी गर्ने निर्णय गरेको बताए । 
    प्रदेशको नाम सहमतिमा ‘लिम्बूवान, किरात खम्बूवान’ उचित हुने बताउदै संसदमा गएपछि पार्टीले ल्याएको विचार कहिले नछाडेको बताए । 
    संघको जिल्ला अध्यक्ष जीवन खेवाको सभापतित्वमा भएको कार्यक्रममा रामचन्द्र राणा मगर, ललितबहादुर लिम्बू, धनप्रासद लिम्बू लगायतले बधाई शुभकामना दिएका थिए ।
     

सम्वन्धित समाचार

 विराटनगर, २८ पुस मोरङको उर्लाबारी ३ स्थित सोल्टी पुलमा  बुधबार बिहान ट्याक्टरको ठक्करबाट एक…

मोरङ । नम्बर प्रदेश सरकारको समाजिक बिकासमन्त्री जयराम यादबले उत्पीडित समुदाय एकजुट भएर अघि बढ्नु पर्ने बता…

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्रदेश १ समितिको पदाधिकारी चयन सहमतिमै गर्नका लागि आज…

 मोरङ जिल्ला कारागारमा रहेका एक कैदीको ‘शङ्कास्पद’ मृत्यु भएको छ ।  जबर्जस्ती करणी …