काठमाडौ । किरात राई यायोक्खा र वाम्बुले राई समाज केन्द्रीय समितिले केन्द्रीय तथ्याङ्क बिभागलाई सत्य सूचनाको आधारमा संकलन गर्न पुन सुझाव दिएको छ ।
बिहिबार (कार्तिक २५)बाट सुरु भएको राष्ट्रिय जनगणनामा राई समुदायले बोल्ने बिभिन्न भाषाको तथ्याङ्क संकलनमा गर्ने क्रममा समस्या भएपछि सुक्रबार काठमाडौ थापाथली स्थित केन्द्रीय तथ्याङ्क बिभागको कार्यालय पुगेर तुरुन्त सच्याउन अनुरोध गरेका हुन् ।
बिभागका महानिर्देशक नेबिनलाल श्रेष्ठलाई ज्ञपान पत्र बुझाउदै नसच्चिय बहिस्कार हुनसक्ने चेनावनी दिएका हुन् ।
किरात राई समुदायमा २६ भन्दा बढी भाषाहरु रहेका छन् । त्यसमध्ये बिभागले गणकहरुलाई पठाएको फारममा वाम्बुले भाषी राईहरुको कोलममा गम्भीर त्रुटि भएको पाइएको छ । वाम्बुले हुनुपर्नेमा याम्बुले उल्लेख भएको र गणकलाई याम्बुलेको स्थानमा वाम्बुले लेख्न अनुरोध गर्दा गणकले नमानेपछि समस्या भएको हो ।
त्रुटि नसच्चिय वाम्बुले भाषी राई समुदायको तथ्याङ नै नदेखिने समस्या रहेकोछ । २०५८ सालको गणनामा वाम्बुलेहरुको १३ हजार ४७० तथ्याङ्क उल्लेख छ । वाम्बुले जस्तै दुमी भाषी राईको कोलममा डुमी उल्लेख भएको पाइएको छ । यी भाषाहरु नसच्यिए आउने गणनामा तथ्याङ्कमा नआउने समस्या छ ।
जात÷जातिको महलमा राई, मात्रृ र पूर्खाको भाषाको महलमा आ—आफ्नो थरगत भाषा, दोस्रो भाषाको महलमा राई समुदायकै कुनै भाषा र धर्मको महलमा किरात लेखाउन यायोक्खाले अभियान सञ्चालन गर्दै आएको छ ।
यद्यपि हिजो (२५ गते) सुरु भएको गणनामा दिएको सूचनाको आधारमा नगरी गणकहरुले अनआवश्यक प्रस्न गर्ने र सूचकले भनेको नटिपेर आफै लेख्ने प्रयास गरेपछि यायोक्खाले सच्याउन अनुरोध गरेको हो । इलाममा रहेका यायोक्खा केन्द्रीय सदस्य प्रेम नाछिरिङ् राईले दोस्रो भाषा राई कै अर्को भाषा लेख्न खोज्दा गणकले जबरजस्त अर्कै लेखेर हिड्न खोज्दा रोकेर सच्याउन लगाउनु परेको थियो । यायोक्खा मोरङ जिल्ला अध्यक्ष नरहाङ बान्तावा राईको घरमा पनि गणकले दोस्रो भाषामा बोल्न आउने मध्ये चाहेको भाषा लेखाउन खोज्दा गणकले आनाकारी र प्रतिवाद गर्न खोजेका थिए ।
गणकले बोल्न प्रस्न वा फारममा भएभन्दा फाल्टो प्रस्न गर्न पाइन्दैन । यद्यपि भोजपुर, खोटाङ, धनकुटा लगायतका स्थानमा गणकले यसैगरी सूचकको चाहनाभन्दा फरक विवरण लेख्न खोज्ने, प्रस्न नगरी आफै लेखिदिने लगायतको समस्या यायोक्खा केन्द्रीय कार्यालयमा गुनासो आएको यायोक्खा केन्द्रीय महासचिव जनक राईले बताए । राई जाति हुन्छ तर राई भन्ने भाषा हुँदैन । तर, अघिल्लो जनगणनामा एक लाख भन्दा बढी राई भाषा भएको तथ्याङ्क बिभागले निकालेको छ ।
यीनै बिषयमा यायोक्खा र वाम्बुले राईले तथ्याङ्क बिभागलाई त्रुटि सच्यान माग गर्दै ज्ञापन पत्र दिएका हुन ।
यायोक्खा केन्द्रीय अध्यक्ष दिवस राई, महासचिव जनक राई, सचिव अर्जुन जम्नेली राई, वाम्बुले राई समाजका अध्यक्ष गजुरधन राई, यायोक्खा उपाध्यक्षसमेत रहनुभएका महासचिव जीवन हाताछो राई, सचिव बिकास राई (सौगात), बरिष्ठ पत्रकार गणेश राई, वान्तावा भाषा विज्ञ पदम राई लगायतको टोली पुगेर तथ्याङ्क बिभागलाई त्रुटि सच्यान ज्ञापनपत्र बुझाएको हो । यायोक्खा टोली यस अघि चार पटक यसैगरी लिखित सुझाव दिदै आएका थिए ।
सुझावको क्रममा यायोक्खा अध्यक्ष दिवस राईले तथ्याङ्क बिभाग सहि सूचना दिन खोज्दा नलिने तर हुँदै नभएको राई भाषा तथ्याङ्कमा उतार्ने, पुर्खादेखि हालसम्म हरेक कागजातमा राई उल्लेखहुन्छ तर कसैले म राई बाहेक अर्कै लेखाउछु भन्दा सुविधा दिने काम बन्द गर्नुपर्ने बताए । महासचिव जनक राईले सुझाव तुरुन्त लागु नगरे बहिस्कारसम्म गर्नु बाध्य हुने बिभागलाई चेतावनी दिए ।
वाम्बुले राई समाजका अध्यक्ष गजुरधन राईले त्रुटिप्रति ओखलढुङ्गा लगायतका जिल्लाहरुमा भाषिक समुदाय आक्रोसित भएकोले तुरुन्त नसच्चिय आक्रमक बन्ने चेतावनी दिए ।
बिभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले वाम्बुले र याम्बुले एउटै हो भनेर गणकहरुलाई तुरुन्त सूचित गर्ने । प्रसोधनको बेलासमेत सुधार गर्ने प्रतिबद्धता गरे ।