• बिर्तामोड ।  स्वास्थ्य क्षेत्रमा उल्लेख्य योगदान पु¥याएको भन्दै बीएण्डसी अस्पताल बिर्तामोडका कार्यकारी निर्देशक दुर्गा प्रसाईलाई सुन्दर सामुदायिक प्रहरी सेवा केन्द्रले वर्ष उत्कृष्ठ नागरिकका रुपमा सम्मान गरेको छ ।


    पूर्वाञ्चल क्यानसर अस्पतालका समेत कार्यकारी निर्देशक रहेका प्रसाईलाई एक संस्थाको १० औं वार्षिक उत्सवका अवसरमा सम्मान गरिएको थियो । सम्मानित प्रसाईलाई संस्थाका अध्यक्ष उत्तम खनालले सम्मान पत्र प्रदान गर्नुभयो । ग्रामीण क्षेत्रमा रहेर पनि स्वास्थ्य जस्तो सम्वेदनशील क्षेत्रमा हात हाल्दै प्रसाईले बिर्तामोडलाई स्वास्थ्य क्षेत्रको ‘हव’ बनाएको भन्दै सम्मान गरिएको थियो ।


    संस्थाका उपाध्यक्ष सञ्जीव चापागाईले स्वागत गरेको कार्यक्रममा सम्मान पत्र ग्रहण गर्दै प्रसाईले भने – असाधारण मान्छेले नै चमत्कारिक काम गर्ने भएकाले मैलेपनि स्वास्थ्य क्षेत्रमा हात हालेको हुँ ।

    बिर्तामोडलाई स्थापित गराउन आफूले धेरै संर्घष गरेको बताउँदै बिर्तामोड बिस्तारै मेडिकल क्षेत्रको हब बन्दै भएको र बीएण्डसी र पूर्वाञ्चल क्यान्सर अस्पतालका कारण बिर्तामोड नेपालमा मात्र नभई विश्वमै चिनिदै गएको धारणा राखे। कार्यक्रममा सताक्षी धाम दूधे सामुदायिक केन्द्रका अध्यक्ष छत्रवावु ओझा, क्षितिज नाट्य समूहका तर्फबाट माधव कल्पित लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको सञ्चालन संस्थाका सचिव लक्ष्मी गौतमले गरेका थिए  ।

सम्वन्धित समाचार

 भजनी (कैलाली), १७ फागुन:  सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा सरुवा रोग अनुसन्धान केन्द्रको स्थ…

खोटाङ, १३ फागुन :  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी २९ वर्षीया फुरदिकु शेर्पा…

 काठमाडौँ, १२ माघ :  नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’…

 तुलसीपुर (दाङ), १ भदौ : दाङ शान्तिनगर गाउँपालिका वडा नं २ ले घरमै पुगेर ज्येष्ठ नागरिक बिरामीको …