• उर्लाबारी  २६ कार्तिक / कांग्रेस मोरङ क्षेत्र नम्बर १(क) को उप-सभापतिमा लोलिम पोमुले उम्मेद्वारी घोषणा गरेका छन् ।

    उर्लाबारी-९ निवासी पोमुले क्षेत्र नं. १ (क) को उप-सभापतिमा उम्मेद्वारी दिने घोषणा शुक्रवार गरेका हुन् । सहयोगी भावनाका पोमु सामाजिक सेवामा पनि उत्तिकै सक्रिय युवाका रुपमा परिचित रहेका छन् ।

    उर्लाबारीमा अरनिको अस्पताल संचालन गर्दै आएका पोमुले जहाँ समस्या पर्छ, त्यहाँसहयोग गर्दै आएका छन् । कांग्रेसलाई चलयमान र सशक्त रुपमा अघि बढाउन आफुले क्षेत्र नं. १ (क) को उप-सभापतिमा दाबी प्रस्तुत गरेको उनको भनाई    छ । 

    आगामी स्थानीय, प्रदेश सभा र संघीय निर्वाचन क्षेत्रको निर्वाचनमा सबल र सक्षम नेपाली कांग्रेस पार्टीका उमेदवारलाई जिताउन सकृय रहने, कांग्रेसको विधान, नीति, नियम, आस्था र यसको उपयोगीताको विषयमा अन्य अन्तर पार्टीभित्र रहेका युवाजमात र व्यक्तित्वहरुलाई थप आकर्षत गर्दै नेपाली कांग्रेसमा अरु पार्टीका कार्यकर्ता कांग्रेसमा ल्याउने अभियानलाई नेतृत्व गर्न आफ्नो उम्मेदवारी रहेको उनको भनाई छ ।

सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…