• काठमाडौं । किरात राई तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनको आज(शनिबार) राष्ट्रिय सभागृहमा भब्य उद्घाटन हुँदैछ । 
    नेपालको राजानी काठमाडौमा हुने कार्यक्रमको उद्घाटन नेपालको उपराष्ट्रपति नन्दबहादुर पुन र १ नम्बर प्रदेशका मुख्यमन्त्री राजेन्द्र राईले दिउको २ बजे गर्नेछन् । 
    किरात राई समुदायको एकता, लिपि, संस्कार, संस्कृतिमा एक रुपता र विश्वभर रहेका राई समुदायको अवस्था बारे जानकारी लिने उदेश्यले अन्तर्राष्ट्रिय सम्मेलन गर्दै आएका छन् । पछिल्लो सयममा प्रदेश १ को नाम किरात रहनुपर्ने विश्वभर रहेका राई समुदायको माग रहेको छ । 
    कार्यक्रममा बरिष्ठ गायक तथा संगीतकार जितेन राई, महागायक राजेशपायल राई, पार्वति राई, भीषण मुकारुङ राई, हास्य कलाकार फुलन्देकी आमा (उमेश राई), बाँसुरी बादक नगेन्द्र राईको साथै किरात राई सांस्कृतिक कलाकार संघका राई नवीन, पदम राई लगायतका कलाकारहरुको प्रस्तुति रहने छ । 

    सम्मेलनमा सहभागिहुन १२ भन्दा बढी देशबाट काठमाडौ आइसकेको आयोजक समितिका संयोजक दिवस राईले बताए । कार्यक्रममा राई समुदायका कला, संस्कृति जन्य सामाग्रीको प्रदर्शन हुनेछ । कार्यक्रमको इन्डिजियस टेलिभिजन, हिमाल एफ.एम, किरात राई यायोक्खाको आधिकारिक युवटुब र फेसबुक पेज लगायतका सञ्चार माध्यमहरुबाट प्रत्यक्ष प्रशारण हुने प्रचार बिभागले जनाएको छ । सम्मलनको बन्द सत्रमा आठ भन्दा बढी कार्यपत्रहरु प्रस्तुति र १२ भन्दा बढी देशबाट त्यहाँको अवस्थाबारे रिपोर्टिङ हुने महासचिव जनक राईले बताए । 
     

सम्वन्धित समाचार

मोरङ । पूर्व संघीय सांसद दुर्गा राईद्वारा लिखित वैचारिक पुस्तक ‘समाजवाद र आदिबासी जनजाति’ प्…

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…