•  रामपुर (पाल्पा), २७ कात्तिक

     रामपुर नगरपालिका ८ कुमराङ्गमा खालिवन स्वास्थ्य चौकीको भवन निर्माण गरिएको छ । रामपुर नगरपालिका र जापनिज नागरिक काजुमासा काकिमी (ओके बाजे) को सहयोगमा निर्माण भएको भवनको शुक्रबार उट्घाटन गरी सञ्चालनमा ल्याइएको छ । 

     रामपुर नगरपालिकाको रु १४ लाख र ओकेबाजेको रु १० लाख सहयोगमा भवन निर्माण गरिएको छ । यस स्वास्थ्यचौकीको भवन निर्माण गर्न स्थानीयले जग्गा उपलब्ध गराएपछि नयाँ भवन निर्माण गरिएको खालिवन स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नं ८ का अध्यक्ष बोमबहादुर नामजालीले बताउनुभयो । 

    रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले भवनको उद्घाटन गर्नुहँुदै नागरिकलाई सहजरुपमा स्वास्थ्य सेवा उपलब्ध गराउन आवश्यक पूर्वाधारमा नगरले जोड दिएको बताउनुभयो । नवनिर्मित भवनसंगै सुरक्षित मातृ सेवाको लागि बर्थिङ सेन्टर सञ्चालनमा ल्याइएको छ । विसं २०५० मा स्थापना भएको यस स्वास्थ्यचौकीको नयाँ भवन बनेपछि सेवा प्रवाह सहज हुनेछ । 

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…