• सिमकोट, २७ कात्तिक

     हुम्लाको सिमकोट गाउँपालिका स्काउट कमिटी ले ६४ विद्यार्थीलाई स्काउटको पोसाक वितरण गरेको छ । उक्त कमिटीको आयोजना तथा वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश स्काउट कार्यालयसुर्खेतको सहयोगमा मानसरोवर उच्च मावि र बालमन्दिर माविका ६४ छात्राछात्रलाई निःशुल्क रुपमा स्काउट पोसाक उपलब्ध गराइको हो । 

         मानसरोवर उच्च माविमा अध्यनरत कक्षा १० देखि १२ र बालमन्दिर माविका कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई पोसाक वितरण गरिएको मानसरोवरका प्रधानाध्यापक अमरबहादुर शाहीले बताउनुभयो । कर्णाली प्रदेशका स्काउट संयोजक कमल बोहराले बेलायती एक सैनिकको उदाहरण दिँदै हुम्लाका विद्यार्थीहरूको भविष्य पनि उज्ज्वल रहेको स्मरण गराउनुभयो । स्काउटले विद्यार्थीको शारीरिक, मानसिक र शैक्षिकका साथै सर्वाङ्गीण  विकासमा पनि सहयोग गर्नेमा उहाँले जोड दिनुभयो । 

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…