• कर्णाली, २८ कात्तिक

     कर्णाली प्रदेशको राजधानी सुर्खेत गिरीघाटमा अटोरिक्सा दुर्घटना हुँदा एकजनाको  मृत्यु भएको छ । सुर्खेत–जुम्ला सडकखण्डमा बाङ्गे सिमलबाट गिरीघाटतर्फ जाँदै गरेको भे१ह ८४४ नंको रिक्सा दुर्घटना हुँदा वीरेन्द्रनगर–१ सुर्खेतका ४४ वर्षीया जमरा शाहीको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । घाइते शाहीको कर्णाली केयर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उहाँले बताउनुभयो ।

    दुर्घटनामा घाइते वीरेन्द्रनगर नगरपालिकाका ५३ वर्षीय लक्ष्मीबहादुर शाही र २० वर्षीय जगत शाही सामान्य उपचारपछि घर फर्किएका छन् । रिक्सा आफैँ अनियन्त्रित भएर सडकको कल्भर्टमा ठोक्किएर दुर्घटना भएको बताइएको छ ।  वीरेन्द्रनगर–१ सुर्खेतका २४ वर्षीय रिक्सा चालक रमेश शाहीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्वन्धित समाचार

भैरहवा,  ०७ जेठ रुपन्देहीको गैडहवा गाउँपालिका अध्यक्षमा नेकपा एमाले निर्वाचित भएका छन् । स्थ…

खोटाङ, ६ जेठ  स्थानीय तहको निर्वाचनमार्फत खोटाङका दुई स्थानीय तहको प्रमुखमा महिला विजयी भएका छन् …

हुम्ला, ६ जेठ हुम्लाको चंखेली गाउँपालिका अध्यक्षमा स्वतन्त्रबाट उम्मेदवार  प्यारीलाल शाही विजयी भएका छ…

लमजुङ,  ०६ जेठ जिल्ला प्रहरी  कार्यालय लमजुङले डाँका चोरी मुद्दामा फरार रहेका एक जन…