• उर्लाबारी । नेपाली कांग्रेस उर्लाबारीका नेता नरबहादुर मोक्तानले बिचार बिबेक र निष्ठा सहितको पार्टी संगठन निर्माणका लागि आफूले मोरंग क्षेत्र नम्बर १ प्रदेश सभा (क) सभापतिमा उम्मेद्वारी दिने बताएका छन्।

    देखिने र सुनिने मात्र नभई जनताले अनुभुति गर्न सक्ने पार्टी र नेतृत्व निर्माणका लागि हुन लागेको कांग्रेस मोरंग क्षेत्र नम्बर १ को अधिवेशनमा मोक्तानले प्रदेश सभा(क) को सभापतिमा उम्मेद्वारी दर्ता गर्ने जनाएका छन्।

    संगठनभित्रका इमान्दार कार्यकर्ताको संरक्षण, उचित मुल्यांकनका साथ भुमिका र जिम्मेवारी बितरणका लागि, आफू जित्न सक्ने, पार्टीलाई जिताउन सक्ने जुझारु, कृयासिल पार्टी नेतृत्व र कार्यकर्ता पंक्ति निर्माणका लागि मेरो मेरो सभापतिको उम्मेद्वारी दर्ता हुन्छ। मोक्तानले पत्रकार तेजन खड्कासँग कुराकानी गदैभने, ‘आम जनताको जनजिबिकासँगै बिकास निर्माण लगायतसँग सम्बन्धित बिषयको उठान र कार्यान्वयनका लागि वडा, नगर, प्रदेस र केन्द्र सरकार माथी बलियो दबाब सृजना गर्नका लागि मेरो सभापतिको उम्मेद्वारी हो।’


    मोक्तान स्वतन्त्रबाट कांग्रेस प्रवेश गरेका ब्यक्ति हुन् । स्थानीय स्तरमा उनको क्रेज निक्कै छ । विकास प्रेमी नेताको छबि बनाएका मोक्तान यहाँका कृषकहरुको सारथी हुन् । स्थानीयको समस्यामा उनी कहिल्यै पछि हट्दैनन्।
    सभापतिमा जित्नुहुन्छ ? भन्ने प्रश्नमा मोक्तान भन्छन्, हो म जित्छु, हामी पक्कै जित्छौ, हामीले जित्नुपर्ने केही कारणहरु छन्। जनजनको आस्था र बिश्वासको धरोहर कांग्रेसमा पछिल्लो समयमा आएको मूल्य, बिचार, निष्ठा र इमान्दारिताको संकटलाई अन्त्य गर्नु, जरा तहदेखि नै असल राजनीतिक संस्कार तथा संस्कृतिको बिकासगरी युवा पुस्ताको पार्टीमा आर्कषण बढाई भोलिका दिनमा फेरि नेपाली जनताको बिश्वास र भरोशाको कांग्रेस केन्द्र बनाउन एवंम् पुस्ता, प्रबिधी र पार्टीलाई जोडि समय सापेक्षित कांग्रेस र समय सापेक्षित समाज निर्माणमा योगदान पुर्याउनमा मैले जित्छु भन्ने लाग्छ र, हामी जित्छौ।

    मोक्तानका अनुसार अहिलेको अवस्थामा जनताको माझमा शसक्त स्वाभिमानी र हरेक चुनौती सामना गर्न सक्ने नेतृत्वको आवश्यकता छ। चुनावको हारजित मात्र हैन जनताको बिकास र परिबर्तन प्रतीको चाहनालाई बिजय गराउन सक्ने नेता र नेतृत्वको आवश्यकता महशुस गरेर नेतृत्व छनौट गर्न र गराउन उनले सम्पूर्ण क्षेत्रीय प्रतिनिधि वडा सभापतिहरुमा आग्रह गरेका छन् ।

     

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…