•  फुङ्लिङ, ३० कात्तिक

     बिजुली लाइन नभएपछि अँध्यारोमा बस्दै आएको ताप्लेजुङको दुर्गम हिमाली बस्ती किलिङमा बल्ल बिजुली बत्ती बलेको छ ।  

        मिक्वाखोला गाउँपालिका–५ पापुङमा रहेको घट्टेखोला लघु जलविद्युत् आयोजना सम्पन्न भएसँगै पहिलो पटक किलिङ गाउँ उज्यालो भएको हो । स्थानीयवासी रिङ शेर्पाले गाउँमा बिजुली बलेको  बताउनुभयो ।

        सो गाउँ जिल्लाको निकै नै दुर्गम मानिन्छ । स्थानीयवासीको सक्रियतामा १५ किलोवाट क्षमताको लघुजलविद्युत् आयोजना सम्पन्न भएको उहाँले जाकारी दिनुभयो ।  पापुङका वडाध्यक्ष डण्डु लामाले  आयोजनाबाट गाउँका ७५ घरधुरी लाभान्वित भएको बताउनुभयो । 

        हिमाली क्षेत्रका साथै ओसिलो भूभाग भएका कारण सौर्य ऊर्जा (सोलार बत्ती) प्रभावकारी नहुँदा हालसम्म टुकी बत्तीको उज्यालोमा निर्भर रहँदै आएका थिए । तत्कालीन संविधानसभा सदस्य पासाङ शेर्पाका उपस्थितिमा आयोजनाको शुभारम्भका अवसरमा स्थानीयवासीले भव्य नाचगान गरेर खुसियाली नै मानाएका थिए ।    

        आयोजना निर्माण भएपछि  त्यहाँ रहेका नेपाली कागज उद्योग सञ्चालनमा पनि सहज भएको बताइएको छ । त्यस्तै विगतदेखि नै कुटानी–पिसानी मिल सञ्चालन गर्ने सोचमा रहेका किलिङवासीको सपना पनि पूरा हुने भएको वडाध्यक्ष लामाले बताउनुभयो । 

        उक्त आयोजनाका लागि रु ९६ लाख र स्थानीयको श्रमदानसमेत लगानी भएको छ । लागतको कूल रकमध्ये वडा कार्यालयको अनुदान रु ४९ लाख, नाम्सालिङ सामुदायिक विकास केन्द्र (एनसिडिसी) इलामको २२ लाख, मध्यमेवा हाइड्रोपावरको सामाजिक उत्तरदायित्व विकास कोषबाट रु १५ लाख रहेको  छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…