• कञ्चनपुर, ६ मङ्सिर

     शुक्लाफाँटा नगरपालिकाका किसानलाई ५० प्रतिशत अनुदानमा गहुँको बीउ वितरण गरिएको छ । गहुँ प्रवद्र्धन कार्यक्रमअन्तर्गत कृषि समूह, कृषि सहकारी, कृषि फार्ममार्फत नगरपालिकाको कृषि शाखाले किसानलाई अनुदानमा १८ हजार ६६० किलोग्राम गहुँको बीउ वितरण गरेको हो ।
         
        कृषि शाखाका प्राविधिक सहायक करनसिंह बुढाऐरका अनुसार नगरपालिकामा क्रियाशील कृषि सहकारी १८, कृषि समूह २२ र कृषि फार्म ४५ वटामार्फत ३२५ जना किसानलाई उन्नत जातको बीउ वितरण गरिएको छ । गहुँ प्रवद्र्धन कार्यक्रमअन्तर्गत सङ्घीय सरकारबाट प्राप्त रु २० लाख रकममध्ये रु सात लाख र किसानले बेहोरेको रु सात लाख गरी रु १४ लाखमा गहुँको बीउ खरिद गरी वितरण गरिएको उहाँले बताउनुभयो ।
     
        “किसानलाई उन्नत जातका विजय, आदित्य, एनएल ९७१ र वाणगङ्गा जातको गहुँको बीउ मागका आधारमा उपलब्ध गराएका छौँ”, उहाँले भन्नुभयो, “उन्नत जातको बीउको प्रयोगले गहुँको उत्पादनमा वृद्धि हुने अपेक्षा गरेका छौँ ।” किसानलाई मार्का नपर्ने गरी ढुवानी र लोड अनलोडबापतको खर्च शाखबाटै बेहोरिएको छ । शाखाबाट वितरण गरिएको बीउ १८८ बिघा जग्गामा किसानले छरेका छन् । नगरपालिका क्षेत्रका गहुँ खेतीमा संलग्न किसानमध्ये ७० प्रतिशतले उन्नत जातको गहुँको बीउको प्रयोग गर्ने छन् ।
     
        सिँचाइको पहुँच पुग्न थालेपछि गहुँको उत्पादन प्रतिवर्ष बढ्दोरुपमा रहेको छ । किसानलाई आवश्यकताअनुसारको रासायनिक मलको आपूर्तिमा सहज गरिए उत्पादनमा वृद्धि गर्न सकिने कृषि प्राविधिको भनाइ छ । नगरपालिका क्षेत्रमा प्रतिहेक्टर गहुँको उत्पादन दुई मेट्रिक टन छ । 

सम्वन्धित समाचार

 कञ्चनपुर, २३ माघ : बेलौरी नगरपालिका–१० स्थित सम्झौता बहुउद्देश्यीय सहकारी संस्थाले तोरीको तेल…

दमौली, ९ माघ : तनहुँको म्याग्दे गाउँपालिका–२ उमाचोकका विश्वबहादुर अधिकारीले यो वर्ष सुन्तला बेचेर …

 बेनी (म्याग्दी), २४ पुस :  बेनी नगरपालिका–४ सिङ्गा ठूलोखोलाका ३६ घरधुरीले व्यावसायिक आ…

 लमजुङ, २१ पुस : लमजुङमा सुन्तला उत्पादनमा ह्रास आएको छ । सुन्तला बगैँचा हेरचाहमा किसानको बेवास्ता,…