• रसुवा, ६ मङ्सिर 

     नेपाल प्रहरीले सीमावर्ती क्षेत्रको सुरक्षा व्यवस्था चुस्त बनाउन यहाँस्थित टिमुरेमा सिसी क्यामरा जडान गरेको छ ।

        नेपाल–चीनबीचको व्यापारिक कारोवारका लागि  पछिल्लो सयम सो स्थानमा आवतजावत बढ्न थालेको छ । यसलाई निगरानी राख्न क्यामरा जडान भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी प्रमुख देवेन्द्र पाण्डेले टिमुरे क्षेत्रमा पिटिजेड नामक दुई वटा सिसी क्यामरा जडान भइसकेको जानकारीदिनुभयो । उहाँले भन्नुभयो “ सिसी क्यामराले सुरक्षाका निगरानीमा थप मद्दत पुगेको छ । सीमावर्ती क्षेत्रमा गतिविधिलाई कन्ट्रोल कक्षबाट निगरानी गर्न थालिएको छ । ”

        क्यामरा जडानका लागि टिमुरेमा सञ्चालित विभिन्न नौ बंैक संस्था र सुक्खा बन्दरगाह निर्माणमा कार्यरत चीनस्थित तिब्बती फुली कन्ट्रक्सन प्रालिले सहयोग गरेको प्रहरीले जनाएको छ । यस्तै दुईदेशका सिमानामा पर्ने रसुवागढी क्षेत्रमा पनि सिसी क्यामरा जडान गरिएको छ । रसुवागढी तथा टिमुरे क्षेत्रको सुरक्षा व्यवस्था मजबुत पार्न र चोरी निकासी नियन्त्रण गर्न प्रहरी प्रमुखले गरेका प्रयास प्रशंसनीय भएको स्थानीय समाजसेवी सुनाऔदी तामाङले बताउनुभयो ।

        यस्तै प्रहरीले स्याफ्रुबेँसी, धुञ्चे, कालिकास्थान र बेत्रावतीका क्षेत्रमा समेत सिसीटिभी जडान गर्ने कार्य सम्पन्न गरिसकेको छ । बेत्रावतीदेखि रसुवागढीसम्म २९ वटा सिसी क्यामरा जडान भएकोसमेत प्रहरी प्रमुख पाण्डेले जानकारी दिनुभयो । स्थानीय प्रशासनको समन्वयमा प्रहरीले गरेका सबै कार्य प्रशंसनीय भएको प्रमुख जिल्ला अधिकारी नवराज जैसीले बताउनुभयो ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…