• मोरङ । नेकपा (माओवादी केन्द्र)मा शक्ति पुन आर्जनको प्रयास भइरहेको छ । 
    यसै क्रममा आगामी मंसिर ११ गते देशब्यापी रुपमा नगर तथा गाउँपालिकाको सम्मेलनको देशैभरी तयारी भइरहेको छ । 

    मोरङको पथरीशनिश्चरे नगरमा पुरानो शक्ति पुनः आर्जन गर्ने उदेश्यले सम्मेलनको भब्य तयारी भइरहेको बुझिएको छ । सोही तयारीको लागि बिहिबार पथरी बहुमुखी क्याम्पसको हलमा वडा समितिको अध्यक्षसहितको बैठक बसेको थियो ।

    पहिलो संविधान सभाको निर्वाचनमा तत्कालीन एमाले नेता भरतमोहन अघिकारीलाई माओवादीका उमेद्वार लालबहादुर सुश्लिङ मगरले अप्रत्यासित रुपमा पराजित गरेका थिए । 

    सोही बेलाको शक्ति आर्जन गर्ने उदेश्यले ‘जनयुद्ध’ कालीन नेता लालबहादुर सुश्लिङ मगर(सबिन), बालकुमार मगर (बिकास), नेत्र पोख्रेल, बर्तमान नगर इन्चार्ज दिनानाथ तिम्सिना लगायतका नेताहरु लागि परेका छन् । 

    नगर समितिमा रहेका युवाहरुको साथमा पुरानो शक्ति पुन आर्जन गर्ने उदेश्यले ११ गते भब्य रुपमा सम्मेलन सम्पन्न गर्न तयारी भइरहेको नगर समितिका उपाध्यक्ष प्रेम ढकालले बताए । 
    सम्मेलन भब्य बनाउन लालबहादुर मगर (सविन)को मुख्य नेतृत्वमा ९ वटा उपसमिति बनाएर क्रियाशील रहेको नगर सहसचिव मान दियालीले जानकारी दिए । जसमध्ये स्टेज तथा साउण्ड सिष्टम ब्यबस्थापनमा मोहन लिम्बू, आर्थिक ब्याबस्थापनमा प्रेम ढाकाल, रविन राई, मान दियाली, बिजय चेम्जोङ, यातायात ब्यबस्थापनमा गोबिन्द कटुवाल, सामाग्री ब्यबस्थापनमा बालकुमार मागर, राधिका गौतम, खाद्य ब्यबस्थापनमा बेदनिधि खनाल, राधिका गौतम, प्रचारप्रशारमा अर्जुन जम्नेली, मोहन भट्टराई, सुमन लिम्बू, सिर्जना धिमाल, युवा परिचालनमा अणु राई, सुमन वनेम, याम मादेन, मजदुर परिचालनमा पूर्ण कार्की लगायतको रहेका छन् । 

    सम्मेलन उद्घाटन अघि भब्य ¥याली प्रदर्शन गर्ने तयारी भइरहेको नगर समिति अध्यक्ष चेतन दाहालले बताए । नगरमा एक हजार ७८१ संगठित सदस्य रहेका छन् । सम्मेलनबाट नगरमा नयाँ तरंग सिर्जना गर्ने गरी जनयुद्ध कालीन नेता, कार्यकर्ताहरु खटिरहेका छन् । 

    यस अघि भएको वडा सम्मेलनबाट १० वटै वडामा सर्वसहमतिको आधारमा समिति चयन भएको छ । सम्मेलनले १ देखि १० सम्म वडा समितिको अध्यक्षमा क्रमस युवराज चौलागाई, धनराज आचार्य,टंक पराजुली, धनपाल मादेन, कमल कटुवाल, डिल्लि चम्लागाई, मोहन नेम्वाङ, पूर्ण खजुम, ईश्वर चौहन, पदमबहादुर गुरुङ सर्बसहमत चयन भएका हुन् । दुई पार्टीको एकतापछि गठन भएको नेकपामा माओवादी कार्यकर्ताहरु कमजोर जस्तो देखिएपनि सर्वोच्च अदालतले पुरानै पार्टी ब्युताइदिएपछि माओवादी नेता कार्यकर्ताहरु नयाँ गतिको साथ अघि बढ्ने प्रतिबद्धतासहित संगठन निर्माणमा जुटेको हो । 

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…