• ललितपुर, ११ मङ्सिर 

     ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवम नेकपा माओवादी केन्द्रका नेता पम्फा भुसालले माओवादी पार्टी अझै सुदृढ र क्रान्तिकारी बनेर जाने अभियानमा लागिपरेको  बताउनुभएको छ । दोस्रो गोदावरी नगर सम्मेलन उद्घाटन समारोहमा आज बोल्दै उहाँले सो धारणा व्यक्त गर्नुभएको हो । उहाँले भन्नुभयो, “हाम्रो पार्टी गरिब तथा दुःखी र सर्वहारा वर्गको हितमा सदैव काम गर्न क्रियाशील छ ।” २१आँै शताब्दी अनुरुपको समाजवाद निर्माण गर्न आफूहरु मुलुकभर सम्मेलनमार्फत उत्रिएको उहाँको भनाइ थियो । 

        वाग्मती प्रदेश कमिटी सदस्य दीपेन्द्र श्रेष्ठ, प्रदेश समिति सदस्य श्रीगोविन्द महर्जन, जिल्ला कमिटी सचिवालय सदस्य नुक्ष महर्जन र गोदावरी नगरपालिका नगर कमिटी इन्चार्ज रामप्रसाद दाहालले सम्मेलनमार्फत नेतृत्व चयन गरी नयाँ कार्यक्रमका साथ  अघि बढ्ने बताउनुभयो ।    

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरी शनिश्चरे–२ मा स्थापित वाल्मीकि मेमोरियल आवासीय माध्यामिक विद्यालयले एसइई परीक्षा…

मोरङ । मोरङको पथरी शनिश्चरे–१० भुटानी शरणार्थी शिविर डाँडामा नेपालका १६ औँ राष्ट्रिय विभूति तथा क…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकामा कफी बनाउने वारिष्टा, कुक र ड्राइभिङ तालिम समापन भएको छ ।  …

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकाले एक सञ्चार सस्थासहित चार जना पत्रकारलाई सम्मान पुरस्कार र १३ जनालाई…