• मोरङ । आगामी स्थानीय तहको निर्वाचनमा मोरङको पथरीशनिश्चरे नगरपालिकामा बिजय हाँसिल गर्ने पार्टी नेताहरुले दाबि गरेका छन् । 

    शनिबार नेकपा माओवादी केन्द्रको नगर अधिवेशनलाई शुभकामना दिने क्रममा नेताहरुले सो कुरा बताएका हुन् । कार्यक्रममा माओवादी केन्द्रको १ नम्बर प्रदेश सहईन्चार्ज समेत रहेका केन्द्रीय सदस्य साबित्रिकुमार काफ्ले (समर)ले भने ‘माओवादी हार्न जानेको छैन, हार्दैन ।’ प्रतिगमनलाई परास्त गर्दै गठबन्ध अघि बढेको भन्दै आगामी निर्वाचनमा देशभर जित्ने निश्चित रहेको दावि गरे । 


    कार्यक्रममा संविधान सभा सदस्य चण्डीप्रसाद राई, नेकपा (एकीकृत समाजवादी)का नगर अध्यक्ष तुलशी ढकाल, जनता समाजवादीका अध्यक्ष फिपराज बेघा लिम्बू लगायतले शुभकामना मन्तब्य दिएका थिए । ढकाल र बेघाले गठबन्धन भए अत्याधिक मतले बिजयहुने दावि गरे । जसपा नगर अध्यक्ष फिपराज बेघाले स्थानीय तहका निर्वाचनमा कांग्रेस नआएपनि तीन वटै पार्टीले पनि निर्वाचन जित्ने निश्चित रहेको बताए । कार्यक्रममा संविधान सभा सदस्यसमेत रहेका माओवादी केन्द्रको १ नम्बर प्रदेश सदस्य लालबहादुर मगर, नगर इन्चार्ज दिनानाथ तिम्सिना लगायतले शुभकामना मन्तब्य दिएका थिए । 

    खुल्ला सभा हुनुअघि पथरी बहुमुखी क्याम्पस छेउबाट ¥याली सुरु गरेर यलम्बर चौक, सुनाखरी, मुन्दुम चौक, मुख्य सडक निस्केर लोकतान्त्रिक चौक, रत्न चौक, बुद्ध चौक, शिखर चौकहुदै मन्दीरलाइन आएर सभामा परिणत भएको थियो । जुलुसमा तीन हजार बढी कार्यकर्ता सहभागि भएको नव निर्वाचिन उपाध्यक्ष गोबिन्द कटुवालले बताए । 

    अध्यक्षमा पुनः दाहाल

    नगर अघिवेशनले चेतन दाहालको अध्यक्षतामा ६५ सदस्यीय समिति सर्बसहमत चयन गरेको छ । 

    समितिको उपाध्यक्षमा कमल हाङवाङ(पदमबहादुर), गोविन्द कटुवाल, प्रेम ढकाल, सचिवमा मोहन लिम्बू, सह–सचिवमा रविन राई र कोषाध्यक्षमा अनिता राई (अनु) चुनिएका छन् । 

    सदस्यहरुमा डम्बरबहादुर मगर, सिताकुमारी राई, राजकुमार वि.क. ध्रुवकुमार विश्वकर्मा, एम भट्टराई, मानबहादुर विश्वकर्मा, धनकुमार सुब्बा, दिपेन्द्र धमाल, देवीप्रसाद ढकाल, राजकुमार राई, धनबहादुर मगर, जयकुमार भट्टराई, महेन्द्रप्रसाद तिम्सिना, छत्रबहादुर बस्नेत, निलाराज गिरी, मोहन भट्टराई चयन भएका छन् ।

    त्यसैगरी निरबहादुर धनामगर,  मैयाकुमारी वि.क., लिलाबहादुर कटुवाल, पासाङ तामाङ, टंकमाया गौतम, नेत्रप्रसाद न्यौपाने, तिवेन्द्र ढकाल चयन भएका छन् ।

    सदस्यहरुमा मानबहादुर बस्नेत, ओमप्रसाद राई, नन्दीकेशर उप्रेती, दोणबहादुर खड्का, डम्बरप्रसाद लुइटेल, नगेन्द्रबहादुर घिमिरे, अर्जुन राया अमास, गोमाकुमारी लुइटेल, भुवनसिंह लिम्बू, जयमान लिम्बू (कृष्ण), चन्द्र गुरुङ, मानबहादुर दियाली, भिमबहादुर मगर, पदन पाख्रेल, लालबहादुर गुरुङ, केशबकुमार कुरुङवाङ, सिर्जना धिमाल, संगीता दुलाल, सुमन कुरुङवाङ, विपिन गुरुङ, देवीमाया शेर्मा, सुमन सुब्बा लिम्बू, दिपेश राई, सन्तोष वि.क., दानबहादुर लिम्बू, पूर्णकुमार चेम्जोङ, वीरबहादुर तिम्सिना, पुनम खतिवडा, कमलबहादुर कटुवाल, चन्द्रमोहन चन्द्रवंशी, झमकलाल भट्टराई, रामचन्द्र लिम्बू, कर्णबहादुर गिरी, कृष्णबहादुर बस्नेत, श्यामबहादुर चौहान, विनोद घिमाल, रहेका छन् ।


     

सम्वन्धित समाचार

मोरङ । माओवादीले चलाएको जनयुद्धकालीन जनमुक्ति सेनाको कम्पनी कमाण्डर बिष्णु मगर .(मुक्तिं)ले पार्टीले भुईँ …

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा रहेका विद्यार्थी संख्या कम भएको १३ वटा विद्यालयहरुलाई कक्षा घटुवाहुने पत्…

मोरङ । नेकपा (माओवादी केन्द्र) संबद्ध आदिबासी÷जनजाति संयुक्त मोर्चा नेपालको केन्द्रीय अध्यक्ष शुरेस आ…

मोरङ । माओवादी केन्द्र निकट आदिबासी÷जनजाति संयुक्त मोर्चा नेपालको प्रदेश स्तरीय प्रशिक्षण हुने …