• म्याग्दी, १३ मङसिर 

     राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत राहुघाट नदीमाथि पक्की पुल निर्माण गरिएको छ । 

    बेनी–जोमसोम–कोरला सडक आयोजनाले बेनी नगरपालिका–९ र रघुगङ्गा गाउँपालिका–३ को सिमाना भएर बग्ने राहुघाट नदीमाथि मोटर चल्ने पुल बनाएको हो । आयोजना प्रमुख जगत प्रजापतिले ४० मिटर लामो र ११ मिटर चौडाइ भएको प्रिस्टेड प्रविधिको राहुघाट नदीमा बनेको पुलमा सवारीसाधन सञ्चालन गरिएको जानकारी दिनुभयो । 

    “रङ रोगन, पहुँचमार्गलाई अन्तिम रुप दिन र संरक्षणको केही बाँकी रहे पनि पुल सञ्चालन योग्य भएपछि सवारीसाधन आवतजावतका लागि खुला गरेका छौ”, उहाँले भन्नुभयो, “ठेकेदारले बाँकी काम सकेर हस्तान्तरण गर्ने तयारी छ ।” गलेश्वरको पुल बनाउन कालिका–गजुरमुखी जेभीले विसं २०७४ असारमा रु छ करोड २४ लाख तीन हजार ८२५ मा ठेक्का सम्झौता गरेको थियो । सम्झौताको म्याद विसं २०७६ चैत २६ गते सकिएको थियो । 

    सहायक ठेकेदार विवेक निर्माण कम्पनीका सञ्चालक सचिन क्षेत्री मजदूर र आपूर्तिकर्तालाई भुक्तानी नगरी विसं २०७६ फागुनदेखि सम्पर्कविहीन बनेपछि विसं २०७७ मङ्सिरदेखि जिम्मा लिएका मूल ठेकेदारले पूर्णता दिएका हुन् । 

    सहायक ठेकेदारले अधकल्चो बनाएको पुल निर्माणमा कोरोना भाइरसको महामारी, बन्दाबन्दी, निषेधाज्ञा र बाढीपहिराका कारण ढिलाइ भएको गजुरमुखी निर्माण कम्पनीका आयोजना व्यवस्थापक नरेन्द्र न्यौपानेले बताउनुभयो । छ्यहत्तर किलोमिटर दूरीको बेनी–जोमसोम सडकअन्तर्गत रघुगङ्गा–१ र अन्नपूर्ण–७ को सिमानामा पर्ने महभिर, अन्नपूर्ण–६ र २ को सिमाना पोखरे बगरस्थित कालीगण्डकी नदीमा पनि दुई वटा मोटरेबल पुल निर्माण सकिएको छ । 

    भौतिक योजना तथा यातायात मन्त्रालयअन्तर्गत पुल महाशाखाको पश्चिम सेक्टर कार्यालय पाल्पाले दुई मोटरेबल पुल निर्माणका लागि विसं २०७४ फागुनमा हिम–सगरमाथा–डाँफे–बज्रगुरु जेभीले रु १९ करोडमा ठेक्का सम्झौता गरेको थियो । महभिरमा ८० मिटर र पोखरेबगरमा ७० मिटर लामो पुल ११÷११ मिटर फराकिला छन् । महभिरको पुल सञ्चालनमा आइसकेको छ । पोखरेबगरको पुल जोड्ने पहुँचमार्गको जग्गा विवाद समाधान गरेर सञ्चालनको तयारी गरिएको आयोजना प्रमुख प्रजापतिले बताउनुभयो । 

    राहुघाट, महभिर र पोखरेबगरमा यातायात आवतजावतका लागि विसं २०६४ मा निर्माण भएका बेलिब्रिज जीर्ण थिए । धेरै भार भएका सवारीसाधन पुलबाट आवतजावत गराउन समस्या थियो । 

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…