•  सउल, १४ मङ्सिर

    नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको छैटौँ अधिवेशनले भजिन्द्र क्षेत्रीको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिको उपसभापतिद्वयमा लक्ष्मण दाहाल, जीतेन्द्र महता, महामन्त्रीद्वयमा मित्रबन्धु काफ्ले, रामप्रसाद उप्रेती, सहमहामन्त्रीद्वयमा पर्शुराम पौडेल, विकास मल्ल चयन हुनुभएको छ । 

    यसैगरी रुपेश कडेल, दिलबहादुर मडै, प्रकाश देवकोटा, बालकृष्ण वान्तवा, महेशबहादुर महरा, सुरेश उप्रेती, हेमन्त साह सदस्यमा चयन भएका छन् । हालै सम्पन्न अधिवेशनले केही हप्ता अघिमात्रै यहाँको ८ क्षेत्रमा क्षेत्रीय अधिवेशनसमेत गरेको थियो । प्रत्येक क्षेत्रबाट आरक्षित सदस्यको रुपमा प्रेमसागर पौडेल, तुलसकुमार गुरुङ, भरतमणि पाण्डे, जीत कुँवर, गोविन्द शर्मा, कमलकुमार लिम्बू, युवराज अम्गाईं, हिमाल पौडेल पनि निर्वाचित हुनु भएको छ । 

    कांग्रेस निकट प्रवास सङ्गठनका रुपमा सो जनसम्पर्क समिति रहेको छ ।  

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …