• कर्णाली, १६ मङ्सिर

     प्रदेश निर्वाचन कार्यालय सुर्खेतले आगामी सङ्घीय, प्रदेश तथा पालिका तहको निर्वाचनको तयारीका लागि फोटोसहितको मतदाता नामावली सङ्कलनको सबै तयारी पुरा गरेको छ । कार्यालयले सुर्खेतका नौ स्थानीय तहमा दुई चरणमा गरी शुक्रबारदेखि फोटोसहितको मतदाता नामावली सङ्कलन गर्न लागेको हो । 

    कार्यालयका अनुसार पहिलो चरणमा यही मङ्सिर १७ गतेदेखि अगामी पुस २ गतेसम्म लेकवेशी नगरपालिका, सिम्ता, चिंगाड  र चौकुने गाउँपालिकामा फोटोसहितको नामावली सङ्कलन, त्रुटी सच्याउने, नामावली सार्ने लगायतका काम शुरु हुनेछ । दोस्रो चरणमा पुस ४ गतेदेखि १८ गतेसम्म गुर्भाकोट, भेरीगंगा नगरपालिका र बराहताल गाउँपालिकामा अभियान सञ्चालन गरिनेछ । प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले वीरेन्द्रनगर नगरपालिकामा जिल्ला प्रशासन कार्यालय र पञ्चपुरी नगरपालिकामा इलाका प्रशासन कार्यालय बाबियाचौरबाट फोटोसहितको मतदाता नामावली संकलनको भइरहेको जानकारी दिनुभयो ।

    नामावली सङ्कलनमा कोही नछुटुन भन्ने उद्देश्यले प्रचारप्रसार तीव्र पारिएको छ । “फोटोसहितको मतदाता नामावली संकलनसम्बन्धी कार्यक्रमका बारेमा जिल्ला र स्थानीय तहका सरोकारवालाहरुलाई जानकारी गराइसकेका छौं,” उहाँले भन्नुभयो, “यसलाई सफल पार्न जिल्लास्तरमा कार्यक्रम व्यवस्थापन तथा अनुगमन र पालिकास्तरमा सहयोग, समन्वय तथा प्रचारप्रसार समिति गठन गरी अभियानलाई तीव्रता दिइएको छ ।”

सम्वन्धित समाचार

काठमाडौं, २१ फागुन । अभिनेता नाजिर हुसेनको व्यस्तता बढ्न थालेको छ । उनले नयाँ फिल्ममा अनुबन्धित भएका छन् …

काठमाडौं, २० फागुन । आर्थिक गरिबीसँग लडिरहेको इजिप्टको सरकारले आफ्ना प्रमुख सहरहरू एक एक गरेर बेच्न बाध्य…

टीकापुर (कैलाली), १७ फागुन : कैलालीको टीकापुर नगरपालिकाभरि सयभन्दा बढी कुटानी पिसानी र पेलानीको काम …

काठमाडौं, ८ फागुन । हामी सबैको लागि स्मार्टफोन क्यामेरा, क्याल्कुलेटर, फोटो एल्बम, रिमाइन्डर आदि जस्ता धेरै…