• उदयपुर, १७ मङ्सिर 

     जिल्लाको त्रियुगा नगरपालिका–१३ को गाईघाटस्थित पूर्वी क्षेत्रको बरुवा नदी किनार क्षेत्रमा निर्माण गरिएको पूर्व–पश्चिम बरुवा बसपार्क बिहीबारदेखि औपचारिकरूपमा सञ्चालन सुरु भएको छ ।

    बिहीबार त्रियुगा नगरपालिकाका प्रमुख बलदेव चौधरीले एक औपचारिक कार्यक्रमबीच उद्घाटन गरेसँगै जिल्लाको मात्र नभई प्रदेश नं १ को नै बृहत् क्षेत्रफलमा फैलिएको बसपार्क सञ्चालन भएको त्रियुगा नगरपालिकाले बताएको छ । मदन भण्डारीमार्गअन्तर्गत उदयपुरको गाईघाट भएर सञ्चालन हुने रात्रिसेवाका बस पार्किङ व्यवस्थापन र बस सञ्चालन गर्नेगरी बिहीबारदेखि बसपार्कबाट रात्रिसेवाका बस सञ्चालन सुरु गरिएको त्रियुगा नगरपालिकाका प्रमुख चौधरीले बताउनुभयो ।

    बसपार्क झण्डै १४ बिघा क्षेत्रफलमा फैलिएको छ भने आठ बिघा क्षेत्रफलमा बसपार्कको भौतिक संरचनासहित टिकट काउण्टर, चमेनागृहसहित अन्य भौतिक संरचना निर्माण भएका छन् । बसपार्कमा एकैपटक दर्जनौँ बस पार्किङ गर्न सक्ने क्षमता रहेको त्रियुगा नगरपालिकाले जनाएको छ । हाल यस बसपार्कबाट एक दर्जन रात्रिसेवाका बस सञ्चालन सुरु गरिएको हिमाली यातायात व्यवसायी सङ्घ गाईघाटले जनाएको छ ।

    यस बसपार्कबाट सञ्चालन हुने रात्रिसेवाका बस राजधानी काडमाडौँ, बुटवल, भैरहवा, पोखरालगायत दूरीका बस पार्किङ र सञ्चालन गरिएको हो । यस्तै प्रदेश नं १ को पूर्वबाट मदन भण्डारीमार्ग हुँदै सञ्चालन हुने अन्य रात्रिसेवाका बस पनि बसपार्कमा पार्किङ गर्न सकिने गरी बसपार्क सञ्चालन भएको हिमाली यातायात व्यवसायी सङ्घ गाईघाटले जनाएको छ ।

    जिल्ला सदरमुकाम गाईघाटस्थित त्रियुगा नदी किनारमा रहेको त्रियुगा बसपार्कबाट यसअघि सबै यातायातका साधन सञ्चालन हुँदै आएका भए पनि अब रात्रिसेवाका बस र अन्य ढुवानी सेवाका सवारी यस बसपार्कबाट पार्किङ गरेर सञ्चालन गरिएको त्रियुगा नगरपालिकाले जनाएको छ ।

सम्वन्धित समाचार

काठमाडौं, २१ फागुन । अभिनेता नाजिर हुसेनको व्यस्तता बढ्न थालेको छ । उनले नयाँ फिल्ममा अनुबन्धित भएका छन् …

काठमाडौं, २० फागुन । आर्थिक गरिबीसँग लडिरहेको इजिप्टको सरकारले आफ्ना प्रमुख सहरहरू एक एक गरेर बेच्न बाध्य…

टीकापुर (कैलाली), १७ फागुन : कैलालीको टीकापुर नगरपालिकाभरि सयभन्दा बढी कुटानी पिसानी र पेलानीको काम …

काठमाडौं, ८ फागुन । हामी सबैको लागि स्मार्टफोन क्यामेरा, क्याल्कुलेटर, फोटो एल्बम, रिमाइन्डर आदि जस्ता धेरै…