• भक्तपुर, १९ मङ्सिर

     लैङ्गिक हिंसा अन्त्यका लागि युर्वाले अग्रसरता जनाउने प्रतिबद्धता जनाएका छन् । युवाका साथसाथ आवाज नेपालको शनिबार सम्पन्न पाँचौँ साधारणसभा तथा १६ दिने लैङ्गिक हिंसाका अन्त्यमा युवाको भूमिका विषयक अन्तक्र्रिया कार्यक्रममा सहभागी १०० भन्दा बढी युवाले आ–आफ्नो घर र समाजबाट लैङ्गिक हिंसा अन्त्यका लागि अग्रसरता लिने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

    कार्यक्रममा बागमती प्रदेशसभा सदस्य शशिजङ्ग थापाले हिंसा रोक्न ‘म हिंसा गर्दिनँ, गर्न दिन्न र गरेको देखेँ भने प्रतिकार गर्छु’ भन्ने सङ्कल्प सबैबाट आउनुपर्ने बताउनुभयो । कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख सरिता कुँवरले सबै प्रकारका हिंसा अन्त्यका लागि सबै लाग्नुपर्ने औँल्याउनुभयो ।

    नेपाल पत्रकार महासङ्घ भक्तपुरका अध्यक्ष जगत् प्रजापति, गैरसरकारी संस्था महासङ्घका सचिव रमेश गिरीलगायतले हिंसा रोक्न युवा वर्गले घरघरबाट अभियान सुरुआत गर्नुपर्ने औँल्याउनुभयो । संस्थाका अध्यक्ष देवेन्द्र आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थाका सचिव श्रीकृष्ण थापाले संस्थाको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष आश्मा बस्नेतले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

    अखिल नेपाल टे«ड युनियन महासङ्घमा लामा

    नेकपा (माओवादी केन्द्र)को भातृ सङ्गठन अखिल नेपाल टे«ड युनियन महासङ्घ भक्तपुर जिल्ला कमिटीको चौथो सम्मेलनले मिलन लामाको नेतृत्वमा २१ सदस्यीय जिल्ला कमिटी घोषणा गरेको छ ।

    शनिबार सम्पन्न सो सम्मेलनमा माओवादी केन्द्र जिल्ला अध्यक्ष डिपी ढकालले गणतन्त्रको रक्षाका एकजुट हुन आह्वान गर्नुभयो । महासङ्घका केन्द्रीय उपमहासचिव तथ बागमती प्रदेश इन्चार्ज प्रकाश श्रेष्ठ, सूर्यविनायक नगर कमिटीका अध्यक्ष सानुकान्छा आलेमगरलगायतले श्रमिकका हकहितमा भरोसायोग्य सङ्गठनका रूपमा विकास र विस्तार गर्दै लैजाने बताउनुभयो ।

सम्वन्धित समाचार

काठमाडौं, २१ फागुन । अभिनेता नाजिर हुसेनको व्यस्तता बढ्न थालेको छ । उनले नयाँ फिल्ममा अनुबन्धित भएका छन् …

काठमाडौं, २० फागुन । आर्थिक गरिबीसँग लडिरहेको इजिप्टको सरकारले आफ्ना प्रमुख सहरहरू एक एक गरेर बेच्न बाध्य…

टीकापुर (कैलाली), १७ फागुन : कैलालीको टीकापुर नगरपालिकाभरि सयभन्दा बढी कुटानी पिसानी र पेलानीको काम …

काठमाडौं, ८ फागुन । हामी सबैको लागि स्मार्टफोन क्यामेरा, क्याल्कुलेटर, फोटो एल्बम, रिमाइन्डर आदि जस्ता धेरै…