• डोटी, १९ मङ्सिर

     हिंसाबाट जोगिन यहाँका किशोरीलाई आत्मरक्षा तालिम प्रदान गर्न थालिएको छ । यहाँको दिपायल सिलगढी नगरपालिकाले महिला हिंसा न्यूनीकरण गर्ने उद्देश्यले ४० किशोरीलाई सो तालिम प्रदान गरेको हो  ।  
    महिला तथा किशोरीमाथि हुनसक्ने आपराधिक घटना तथा क्रियाकलापलाई निरुत्साहित गर्नेे ध्येयले उक्त तालिम दिन थालिएको महिला तथा बालबालिका शाखा प्रमुख सानुमाया लिम्बूले बताउनुभयो । 

    महिला, बालिका तथा किशोरीमाथि हुने दुव्र्यवहार अन्त्य गर्न उक्त तालिमले निकै सहज हुने अपेक्षा लिइएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खेमराज गुरुङले जानकारी दिनुभयो । उक्त तालिममा किशोरीहरू आपराधिक व्यक्तिको आक्रमणबाट कसरी बच्ने, संवेदनशील अङ्ग कसरी बचावट गर्नेदेखि आफूले प्रतिकार कसरी गर्ने भन्नेलगायतका सीपसहित प्रशिक्षण प्रदान गरिएको छ ।  उक्त तालिममा यहाँका स्थानीय बिद्यालयका किशोरीलाई समावेश गरिएको छ । 

    विषेशगरी छात्रालाई विद्यालयमा वा घरमा आउने जाने समयमा त्यस्ता आपराधिक घटना घट्न सक्ने भएकाले आत्मारक्षा तालिमको सुरुआत गरिएको नगरप्रमुख मञ्जु मलासीले बताउनुभयो । उहाँले भन्नुभयो, “विद्यालय जाने किशोरी प्रायः गरी आपराधिक घटनाका सिकार हुन थालेकाले त्यस्ता घटनाको सामना गर्न र सक्षम बनाउन हामीले किशोरीलाई तालिम दिन थालेका छौँ ।”

    पहिलो चरणमा यहाँको पद्म पब्लिक मुक्तिनारायण माध्यामिक विद्यालयका ४० किशोरीलाई उक्त तालिममा सहभागी गराइएको छ । उक्त तालिम निकट भविष्यमै नगरपालिकाका सबै वडामा रहेका बिद्यालयका किशोरीलाई दिइने लक्ष्य रहेको नगरपालिकाले जनाएको छ ।

सम्वन्धित समाचार

 काठमाडौँ, २९ भदौ: अन्ततः लौहपुरुष गणेशमान सिंहको प्रतिमा निर्माण कार्य सम्पन्न भएको छ । विगत २३ वर्ष…

 ढोरपाटन (बागलुङ), २८ भदौ : आज कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिन । आजका दिन आफ्नो बुबालाई भे…

 काठमाडौँ, १८ भदौ : ‘सहर उज्यालो कार्यक्रम’ अन्तर्गत साढे ११ हजार अत्याधुनिक स्मार्ट सडक ब…

रामपुर (पाल्पा), १३ भदौ : पाल्पाको रिब्दिकोट गाउँपालिका–२  जोर्तेमा जिप दुर्घना हुँदा तीनजनाक…