• काठमाडौँ, १९ मङ्सिर

     मोडल एवं व्यवसायी पूर्ण लम्सालले श्रव्यदृश्यसहितको नयाँ गीति एल्बम ‘चोखो माया’ बजारमा ल्याउनुभएको छ । 
      
        अमेरिका बसेर कलाकारितामा सक्रिय लम्सालले अभिनय गरेको यो पाँचौँ ‘म्युजिक भिडियो’ हो । मनोरञ्जनात्मक यस गीतमा गायिका रचना रिमाल र गायक रञ्जन राईको सुमधुर स्वर सुन्न सकिन्छ । रवि मल्लको शब्द रहेको यस गीतलाई नवीन कार्कीले सङ्गीत दिनुभएको हो ।  गीतमा विशाल निरौलाले सङ्गीत संयोजन गर्नुभएको छ ।
      
        अमेरिकामा छायाङ्कन गरिएको गीतमा अन्तर्राष्ट्रिय व्यवसायमा स्नातकोत्तर गरिरहनुभएकी विष्णु मिश्र र मोडल लम्सालबीचको ‘अन्स्क्रिन रोमान्स’ प्रस्तुत गरिएको छ । शैलेश घलेले छायाङ्कन गर्नुभएको दृश्यलाई विष्णु खड्काले सम्पादन गर्नुभएको हो । विक्की पुलामीको निर्देशनमा दृश्य सामग्री तयार पारिएको हो । पी एण्ड एच प्रोडक्शनको आधिकारिक च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको जनाइएको छ ।

सम्वन्धित समाचार

काठमाडौं, ६ वैशाख राष्ट्रिय लोकदोहोरी महोत्सव-२०७८ का विजेतालाई नगद पुरस्कार वितरण गरिएको छ । प्…

काठमाडौं, १४ चैत चलचित्र ‘ठगराज’ को पहिलो गीत रेकर्डिङ सम्पन्न भएको छ । चलचित्र प…

पथरी  माेरङकाे पथरीशनिश्चरे २ मा स्थापित सिन भिलेज पार्टी प्यालेसकाे अायाेजना गरिएकाे म्युजिकल…

 कास्की, १४ कात्तिक  नेपाल टेलिभिजनको आयोजनामा सञ्चालित ‘पहिलो दोहोरी च्याम्पियन&rsqu…