• बुटवल, १९ मङ्सिर

     लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन गर्न प्रदेशको स्थायी राजधानी दाङको भालुबाङमा भौतिक पूर्वाधारको काम धमाधम भइरहेको छ । मुख्यमन्त्री कुलप्रसाद केसीको पहलकदमीमा निर्माणको काम द्रुतगतिमा अघि बढाइएको छ । 

        आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माका अनुसार भौतिक पूर्वाधारको काम सपन्न हुनेवित्तिकै प्रदेशसभाको बैठक बस्ने जानकारी दिनुभयो । “हामीले काम फटाफट सक्यौँ भने सकेसम्म त्यही बैठक बस्ने योजना छ”, उहाँले भन्नुभयो । विसं २०७८ जेठमा रु पाँच करोड २१ लाखको लागतमा प्रदेश पूर्वाधार विकास प्राधिकरणमार्फत सुविधा सम्पन्न सभाहल, सभामुखको लबी, स्टेजलगायतका काम सम्पन्न गर्ने भनिए पनि सभाहललाई लक्षित गरेर काम तीव्र बनाइएको छ ।

        लुम्बिनी प्रदेशसभाका सचिव दुर्लभ पुनले भौतिक पूर्वाधारका काम तीव्ररुपले भइरहेकाले तोकिएको अवधिसम्म निर्माण सकिए प्रदेशसभाको बैठक बस्न सकिने जानकारी दिनुभयो । सभामुखका प्रमुख स्वकीय सचिव ध्रुवविक्रम ओलीले सभाहल निर्माणको काम करिब ३५ प्रतिशत पूरा भएको बताउनुभयो । तीन महिनाभित्र सभाहल निर्माणको काम सकिने आँकलन गरिएको छ ।  

        प्रदेश सरकारले स्थायी राजधानीको गुरुयोजनाको निर्माण सुरु गरेको थियो । प्रशासनिक केन्द्र, शहर, कृषि क्षेत्र, शिक्षा, स्वास्थ्य, खेलकूदलगायत क्षेत्र तोक्ने र सोहीअनुसार डिजाइन बनाइने गुरुयोजना थियो । स्थायी राजधानीको गुरुयोजनाले राप्ती गाउँपालिका, गढवा गाउँपालिका–१, २ र ३, शीतगङ्गा नगरपालिकालाई समेट्ने छ । एक वर्षअघि लुम्बिनीको स्थायी राजधानी भालुबाङ क्षेत्रलाई तोकिएको थियो । सोही अनुसार त्यसलाई आधुनिक शहरका रुपमा विकास गर्ने लक्ष्य लिइएको थियो । प्रदेशसभाका सूचना अधिकारी यमकान्त पाण्डेले राजनीतिक तहमा कुराकानी भए पनि कर्मचारीको तहमा छलफल नभएको जानकारी दिनुभयो ।  

सम्वन्धित समाचार

काठमाडौं, २१ फागुन । अभिनेता नाजिर हुसेनको व्यस्तता बढ्न थालेको छ । उनले नयाँ फिल्ममा अनुबन्धित भएका छन् …

काठमाडौं, २० फागुन । आर्थिक गरिबीसँग लडिरहेको इजिप्टको सरकारले आफ्ना प्रमुख सहरहरू एक एक गरेर बेच्न बाध्य…

टीकापुर (कैलाली), १७ फागुन : कैलालीको टीकापुर नगरपालिकाभरि सयभन्दा बढी कुटानी पिसानी र पेलानीको काम …

काठमाडौं, ८ फागुन । हामी सबैको लागि स्मार्टफोन क्यामेरा, क्याल्कुलेटर, फोटो एल्बम, रिमाइन्डर आदि जस्ता धेरै…