•  काठमाडौँ, २० मङ्सिर

    विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्वको बौद्धनाथ क्षेत्रमा विदेशी पर्यटकको चहलपहल देखिन थालेको छ ।

    गत असोज १९ गतेदेखि विदेशी पर्यटकका लागि बौद्धनाथ क्षेत्र खुला गरिएको थियो । नेपालमा कोरोना भाइरसका सङ्क्रमित देखिन थालेपछि विसं २०७६ चैत पहिलो सातादेखि विदेशी पर्यटकका लागि बौद्धनाथ क्षेत्र बन्द गरिएको थियो । कोरोना महामारीबाट बच्न बन्दाबन्दी एवं निषेधाज्ञा जारी गरिएका बेला भने स्वदेशी भक्तजनका लागि पनि बौद्धनाथ क्षेत्र बन्द गरिएको थियो । बन्दाबन्दीका बेला बौद्ध घ्याङ गुठीमा नित्य पूजा आराधना बाहेकका सबै गतिविधिमा रोक लगाइएको थियो ।
     
    विदेशी पर्यटकका लागि सम्पदा क्षेत्र खुला गरिएपछि असोज महिनामा दक्षिण एशियाली देशका ५८५ र अन्य देशका ४२७ पर्यटक घुम्न आएको बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष चन्द्रमान लामाले राससलाई जानकारी दिनुभयो । यसैगरी कात्तिक महिनामा दक्षिण एसियाली देशका दुई हजार ८११ र अन्य देशका दुई हजार १४८ पर्यटकले बौद्ध क्षेत्रको अवलोकन गरेका छन् । 
     
     मङ्सिर ११ गतेसम्म दक्षिण एशियाली देशका एक हजार १५७ र अन्य देशका ९३० पर्यटकको आगमन पनि बौद्ध क्षेत्रमा भएको छ । बौद्ध क्षेत्र आउने दक्षिण एशियाली देशका पर्यटकसँग रु १०० र अन्य देशका पर्यटकसँग रु ४०० शुल्क लिइन्छ । समितिले टिकट काउन्टर राखेर शुल्क उठाउँदै आएको छ । विदेशी पर्यटक आउन थालेसँगै बौद्ध क्षेत्रमा चहलपहल पनि बढेको छ । डेढवर्षदेखि ठप्प प्राय ः रहेको यहाँका पर्यटकीय सामग्रीको किनमेल हुने पसलमा पनि ग्राहक देखिन थालेका छन् ।

     बौद्ध क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले यस क्षेत्रको सफाइमा विशेष ध्यान दिइएको समितिले जनाएको छ । प्रत्येक महिनाको अन्तिम शनिबार बिहान यहाँका सङ्घ संस्था र स्थानीयवासीको सक्रियतामा सफाइ अभियान भइरहेको छ । नियमित रुपमा भने समितिका कर्मचारीले यस क्षेत्रको सफाइमा योगदान गर्दै आएका छन् ।

सम्वन्धित समाचार

 काठमाडौँ, ६ असोज: अमेरिकाको टेक्सास राज्यका सांसद सलमान भोजनीले नेपालको पर्यटन प्रवद्र्धनमा चासो दे…

  मनाङ, ३१ भदौ ः नेपालीहरुमा अहिले भ्रमण गर्ने प्रचलन बढ्दै गएको छ । यसले गर्दा पर्यटकीय स्थलको खोज, …

दमौली, २१ भदौ : हरियाली जङ्गल, कलकल बगेको पानी । ठूलो खोँचबाट झरेको पानी । तनहुँको आँबुखैरेनी गाउँपा…

 रुकुमपश्चिमको सदरमुकाम नजिकै रहेको छ साँखगाउँ । मुसीकोट नगरपालिका–७ मा पर्ने यो गाउँ निकै…