• भक्तपुर, २१ मङ्सिर

    भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले सोमबारसम्म ८०० जनाको मिर्गौला प्रत्यारोपण गरेको छ । विसं २०६९ माघ ६ गतेदेखि मिर्गौला प्रत्यारोपण सुरु गरेको यस केन्द्रले नौ वर्षको अवधिमै यो सफलता हासिल गरेको केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

    वरिष्ठ मिर्गौला तथा कलेजो प्रत्यारोपण शल्य चिकित्सक डा श्रेष्ठ, वरिष्ठ नेफ्रोलोजिष्ट डा कल्पना श्रेष्ठ, प्रमुख कन्सल्टेन्ट युरोलोजिष्ट तथा प्रत्यारोपण सर्जन प्रा डा राकेशकुमार बर्मा, एनेस्थेसियोलोजिष्ट डा आरती राई, निमित्त नर्सिङ निर्देशक कोपिला दाहालको टोलीले हालसम्म सम्पन्न गरेको प्रत्यारोपणमा अङ्गदातातर्फ १०० प्रतिशत सफलता हासिल गरेको र मिर्गौला प्रत्यारोपणतर्फ ९८ प्रतिशत सफलता प्राप्त भएको उहाँले जानकारी दिनुभयो ।

सम्वन्धित समाचार

 काठमाडौँ, २९ भदौ: अन्ततः लौहपुरुष गणेशमान सिंहको प्रतिमा निर्माण कार्य सम्पन्न भएको छ । विगत २३ वर्ष…

 ढोरपाटन (बागलुङ), २८ भदौ : आज कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिन । आजका दिन आफ्नो बुबालाई भे…

 काठमाडौँ, १८ भदौ : ‘सहर उज्यालो कार्यक्रम’ अन्तर्गत साढे ११ हजार अत्याधुनिक स्मार्ट सडक ब…

रामपुर (पाल्पा), १३ भदौ : पाल्पाको रिब्दिकोट गाउँपालिका–२  जोर्तेमा जिप दुर्घना हुँदा तीनजनाक…