• काठमाडौँ, २१ मङ्सिर 

     साउथ एशियन इकोनोमिस्ट स्टुडेन्ट समिटमा नेपाली विद्यार्थी निकिता शाहीले नेतृत्व गरेको टिम पहिलो भएको छ । उक्त समिटमा दक्षिण एशियाका भारत, बङ्गलादेश, अफगानिस्तान, पाकिस्तान र श्रीलङ्काका विद्यार्थीले भाग लिएका थिए ।

    पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पसमा बिबीएस पाँचौँ सेमेस्टरमा अध्ययनरत शाहीको टिमले तीन हजार अमेरिकी डलर पुरस्कारसमेत जितेको छ । आठ महिना लामो टेक्सटाइल इन्डष्ट्रिजको अनुसन्धान गरेर समिटमा पेश गरेको रिसर्चले अवार्ड जितेको शाहीले जानकारी दिनुभयो ।

    सन् २०१९ बाट सुरु भएको उक्त समिट यसपटक श्रीलङ्कामा आयोजना गर्ने भनिए पनि कोरोना सङ्क्रमणका कारण भर्चुअल माध्यमबाट भएको थियो ।  प्रतियोगितामा आठ टिमको प्रतिनिधित्व थियो ।

सम्वन्धित समाचार

काठमाडौं, २१ फागुन । अभिनेता नाजिर हुसेनको व्यस्तता बढ्न थालेको छ । उनले नयाँ फिल्ममा अनुबन्धित भएका छन् …

काठमाडौं, २० फागुन । आर्थिक गरिबीसँग लडिरहेको इजिप्टको सरकारले आफ्ना प्रमुख सहरहरू एक एक गरेर बेच्न बाध्य…

टीकापुर (कैलाली), १७ फागुन : कैलालीको टीकापुर नगरपालिकाभरि सयभन्दा बढी कुटानी पिसानी र पेलानीको काम …

काठमाडौं, ८ फागुन । हामी सबैको लागि स्मार्टफोन क्यामेरा, क्याल्कुलेटर, फोटो एल्बम, रिमाइन्डर आदि जस्ता धेरै…