• बनेपा, २२ मङ्सिर

     बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले   बाख्रापालन व्यवसायलाई प्रवद्र्धन गरी कृषकको जीवनस्तर माथि उठान प्रदेश सरकारले थप सहयोग  गर्ने जानकारी दिनुभएको छ । 

    नेपाल व्यावसायिक बाख्रापालक महासङ्घको प्रथम जिल्ला भेला तथा अधिवेशनको मंगलबार शुभारम्भ गर्दै उहाँले व्यवसायिक पशुपालन तथा खेतीबाट मात्र आर्थिक समृद्धि हासिल हुने बताउनुभयो । उहाँले भन्नुभयो “ किसानलाई बिनाधितो ऋणदिने प्रक्रियालाई सरलीकृत बनाइँदै छ । यसवर्ष रु दुई अर्ब बिनाधितो ऋण दिने सरकारको नीति छ ।  ”

    महासङ्घका केन्द्रीय कोषाध्यक्ष दीपक गौतमले सरकारले उपलब्ध गराएको अनुदान र सहुलियत दरको ऋण वास्तविक किसानका पहुँचमा पुग्न नसकेको हुँदा यसलाई सहज बनाउन सुझाव दिनुभयो । भेलाले टीकालाल तामाङका अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति गठन समेत गरेको छ ।  समितिका उपाध्यक्षमा ज्ञानबहादुर लामा, सचिवमा दिपेशचन्द्र तामाङ, सहसचिवमा प्रविन महत र कोषाध्यक्षमा रीमा लुइँटेल रहनुभएको छ । त्यस्तै सदस्यमा क्रमशः ईश्वरी श्रेष्ठ, यज्ञप्रसाद न्यौपाने, सन्तोष मिजार, जीवन पहरी, इन्द्रा गौतम, जिलेट लामा, अम्बिका माया लामा, दुर्गाबहादुर घर्ती, गोविन्द केसी, दीपक अधिकारी, शङ्कर त्रिपाठी, सरिता महत, सावित्री गौतम र सरिता गौतम रहनुभएको छ ।

सम्वन्धित समाचार

भैरहवा,  ०७ जेठ रुपन्देहीको गैडहवा गाउँपालिका अध्यक्षमा नेकपा एमाले निर्वाचित भएका छन् । स्थ…

खोटाङ, ६ जेठ  स्थानीय तहको निर्वाचनमार्फत खोटाङका दुई स्थानीय तहको प्रमुखमा महिला विजयी भएका छन् …

हुम्ला, ६ जेठ हुम्लाको चंखेली गाउँपालिका अध्यक्षमा स्वतन्त्रबाट उम्मेदवार  प्यारीलाल शाही विजयी भएका छ…

लमजुङ,  ०६ जेठ जिल्ला प्रहरी  कार्यालय लमजुङले डाँका चोरी मुद्दामा फरार रहेका एक जन…