• पोखरा, २५ मङ्सिर

     गण्डकी विश्वविद्यालयका कुलपति प्रा डा गणेशमान गुरुङले समृद्धिका लागि पर्वतीय पर्यटनको दिगो विकास आवश्यक रहेको जनाउँदै यस क्षेत्रको संरक्षण सम्वद्र्धनमा जोड दिनुपर्ने बताउनुभएको छ । अनुसन्धान तथा क्षमता अभिवृद्धि केन्द्रको (रिक्याप) आयोजना र  सोलिडारिटी फोरम (सोफो)को समन्वयमा ‘समृद्धिका लागि दिगो पर्वतीय पर्यटन’ विषयक छलफल कार्यक्रममा  उहाँले पर्वतीय क्षेत्रका विशेषताको पहिचान गर्दै त्यसको संरक्षणमा जोड दिनुपर्ने बताउनुभएको हो ।

    हिमालमा बढ्दो फोहोरको व्यवस्थापन हुन नसक्नु,  हिमाली जनजीवनको मौलिक संस्कार र संस्कृति संरक्षण हुन नसक्नु दुःखद् भएको जनाउँदै पर्वतीय पर्यटनको विकासलाई उजागार गर्दै लैजानुपर्ने आवश्यकता औँल्याउनुभयो । भूगोलविद् प्रा डा कृष्ण केसी कोरोनाले पर्यटनमा चुनौती थपेको जनाउँदै अब पर्यटन चलायमानका लागि नयाँ खोज र सोचको आवश्यकता रहेको बताउनुभयो । उहाँले पर्यटन संस्कृतिको विकासको वातावरण बनाउन आवश्यक  नीति निर्माण गरी त्यसको कार्यान्वयनमा जोड दिनुपर्ने भनाइ राख्नुभयो । 

    रिक्यापका अध्यक्ष श्रीकान्त खतिवडाले नेपालमा पर्वतीय पर्यटनको प्रचुर सम्भावना रहेको प्रष्टाउँदै यसको विकासका लागि रणनीति योजनासहितका कार्यक्रम तय हुन नसकेको बताउनुभयो ।  उहाँले ‘नेचर’, ‘कल्चर’ र ‘एडभेन्चर’ले भरिपूर्ण देश नेपालमा योजनाबद्ध र दिगो तवरबाट विकासको खाँचो रहेको आँैल्याउनुभयो । 

    सो अवसरमा कुलपति गुरुङले  प्रकाश थापाद्वारा लिखित पुस्तक ‘लाङटाङदेखि लण्डन’सम्मको विमोचन गर्नुभएको थियो । उक्त पुस्तकबारे चर्चा गर्दै नेपाल पर्वतारोहण सङ्घ (एनएमए) गण्डकीका अध्यक्ष शेषकान्त शर्माले पुस्तकले हिमालको परिवेशको यथार्थलाई  समेटेको र पुस्तक पढ्नेलाई घुम्न प्रेरित गर्ने बताउनुभयो । लेखक थापाले हिमालसँग दश वर्षको अनुभव र २० वर्षको मेहनतबाट नेपालको भूभाग र हिमालको महत्वलाई पुस्तकमा उतारेको बताउनुभयो । नेपाल पर्यटन बोर्डका पूर्वसदस्य टीकाराम सापकोटा, वासु त्रिपाठी, सोफोका कोषाध्यक्ष लक्की कार्की, उपाध्यक्ष हरि त्रिपाठीलगायतले नेपालका चुचुराको प्रोफाइल तयार गरी प्राकृतिक र सस्कृति जोगाउन सके मात्रै दिगो पर्यटन सम्भव हुने धारणा राख्दै सरकारले पर्यटनमैत्री नीति ल्याउनुपर्नेमा जोड दिनुभयो । 

सम्वन्धित समाचार

 इलाम, १७ फागुन :  इलामको माइजोमाई गाउँपालिका–५ तुम्लिङ पुग्नुभएका टीकाराम बाँस्तोलाला…

ढोरपाटन (बागलुङ), १५ फागुन : बागलुङ र म्याग्दी जिल्लाको सिमाना रहेको सोलेडाँडामा तमानखोला गाउँपालिका र…

 ढोरपाटन (बागलुङ), १ फागुन : बागलुङको गलकोट नगरपालिका–११ मा रहेको उदय रिघा बुद्ध विहारलाई…

 काठमाडौँ, १९ माघ : हरेक वर्ष फेब्रुअरी २ तारिखमा मनाइने ‘विश्व सिमसार दिवस’ यस वर्ष &…