• ललितपुर, २५ मङ्सिर 

     चित्रकलाका माध्यमबाट अघि बढ्न चाहने विद्यार्थीका लागि यहाँ विशेष चित्रकला कक्षा सञ्चालन गरिएको छ । 

    योङ पिकासोको आयोजना तथा प्रतिभा समाजको सहकार्यमा आजदेखि हरेक शनिबार बिहान ९ बजेदेखि ११ बजेसम्म दुई घण्टा कुपण्डोलस्थित हिमालय होटल अगाडिको सातोआकी भवन उक्त कक्षा चल्ने भएको हो । घरमा शनिबार बिदाका दिन के गरेर बसौँ भन्ने १२ कक्षासम्म अध्ययनरत विद्यार्थीका लागि सो कार्यक्रम अघि बढाइएको पिकासोका निर्देशक एवं चित्रकार अजय देसारले बताउनुभयो । 

    उहाँले भन्नुभयो, “हामीले यस कक्षामा विद्यार्थीलाई उनीहरुको इच्छाअनुरुपको चित्र कोर्न सिकाउने छाँै, हरेक शनिबार मात्रै २५ विद्यार्थीलाई चित्रकला कोर्न सिकाइने छ ।” सुलभ शुल्कमा सो विद्यार्थीले छ महिनाको चित्रकला पाठ्यक्रमअर्थात् कोर्स सिक्न पाउने देशारले जानकारी गराउनुभयो । 

    मुलुकमा केही समयअघि फैलिएको कोरोना महामारीका कारण विद्यार्थीले अतिरिक्त गतिविधिमा खासै ध्यान दिन नपाएका कारण कतै उनीहरुमा भएको खुबी हराउने त होइन भन्ने डरका कारण सो कक्षा सञ्चालन गरिएको पिकासोका चित्रकार सूर्य दूतराजले बताउनुभयो । मुलुकका विद्यालयमा खासै चित्रकला विषयपप्रति आकर्षण नदेखिएकाले सोतर्फ पनि विद्यार्थीको आकर्षण बढ्नुपर्छ भन्ने मनसायअनुरुप कक्षा चलाइएको अर्का  चित्रकार सितु मास्केको भनाइ छ । 

    पिकासोले नौ वर्षअघि ललितपुरमा स्थापना भएर यहाँका गाउँगाउँमा पुगी चित्रकलाको विकास गर्दै आएको छ । पिकासोमार्फत आफूहरुले वर्षको दुई पटक ललितपुरका धेरै ठाउँमा पुगी चित्रकला कोर्ने सिकाउने गरेको चित्रकार राजेश श्रेष्ठले बताउनुभयो ।

सम्वन्धित समाचार

 आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा शुरु हुदै छ ।  चैत १५ देखि २७ गतेसम्म सञ्चालन…

मोरङ । पुरस्कार वितरण, सम्मान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरी आज मोरङको पथरीशनिश्चरे—२ मा रहे…

टक्सार (भोजपुर), ९ मङ्सिर : भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पाले बैठकभत्ताबापत प्राप्त रकमबाट २९ जना …

 खाँदबारी, २१ भदौ : भारत सरकारको सहयोगमा निर्मित सङ्खुवासभाको खाँदबारी नगरपालिकास्थित हिमालय किरण…