• मङ्गलबारे, २६ मङ्सिर

     पहिरापीडित परिवारलाई इलामको फाकफोकथुम गाउँपालिकाले नगद सहयोग गरेको छ । गत कात्तिकको पहिलो हप्ता आएको बेमौसमी वर्षाबाट सो स्थानमा पहिरो गएको  थियो  । पहिरोका कारण परिवारका सदस्य गुमाएका परिवारलाई गाउँपालिकाले रु चार लाख सहयोग गरेको हो । 
    गाउँपालिका अध्यक्ष राम श्रेष्ठ, उपाध्यक्ष सरु राई र वडाध्यक्ष राजु पौडेलले नैनसिंह कटुवाल परिवारको घरमै पुगेर सो रकम हस्तानतरण गर्नुभएको हो । पहिराका कारण कटुवाल परिवारका चार जनाको मृत्यु भएको थियो । साथै गाउँपालिकाको तर्फबाट घर निर्माणका लागि रु एक लाख थप सहयोग गर्ने गाउँपालिकाले जनाएको छ  । 

     सरकारले पहिराका कारण मृत्यु भएका परिवारलाई यसअघि नै प्रतिमृतक रु दुई लाख नगद दिने घोषणा गरेको छ । बेमौसमी वर्षासँगै कात्तिक २ र ३ गते पहिरामा परी फाकफोकथुम–३ का एउटै घरका चार जनाको सुतेकै ठाउँबाट पहिराले बगाएर मृत्यु भएको थियो । सो परिवारलाई राहत वितरण भइसकेको छ ।  फाकफोकथुम– १ का दुई जना मृतकका परिवारलाई पनि राहत दिने तयारी भइरहेको जनाइएको छ ।

    बाढीपहिरामा परी फाकफोकथुम गाउँपालिकामा मात्र छ जनाले ज्यान गुमाएका थिए । यसमा फाकफोकथुम–३ का ८६ वर्षीय नैनसिंह कटुवाल, ७५ वर्षीया रणजता थापा, १५ वर्षीया निशाना कटुवाल र १२ वर्षीय निश्चित कटुवाल रहनुभएको छ । फाकफोकथुम–१ का ३० वर्षीया बिना शेर्मा, १४ वर्षीय आइतबहादुर राई रहनुभएको छ । जिल्लामा पहिराका कारण १५ जनाको ज्यान गएको थियो । यसअघि नै पीडितको घरमै पुगेर सरकारको तर्फबाट राहत वितरण भइसकेको छ ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…