कञ्चनपुर, २७ मङ्सिर
महाकाली अस्पतालमा ¥यालग्रन्थीमा रहेको ट्युमरको सफल शल्यक्रिया गरी निकालिएको छ । ¥यालग्रन्थीको समस्याबाट पीडित भीमदत्त नगरपालिका १२ ऐरीकी ३५ वर्षीया लिला पन्तको ट्युमर निकालिएको हो । तीन वर्षदेखि कानको तल ¥यालग्रन्थी रहेका ठाउँमा मासुको गाँठा पलाएर दुख्न थालेपछि उहाँलाई शुक्रबार अस्पताल भर्ना गरिएको थियो । शनिबार उहाँको शल्यक्रिया गरेर ट्युमर निकालिएको हो ।
अस्पतालका नाक, कान, घाँटी तथा थाइराइड रोग विशेषज्ञ डा प्रशान्त भट्टले ¥यालग्रन्थीमा रहेको चार सेन्टिमिटर लामो र तीन सेन्टिमिटर चौडाइ बराबरको ट्युमर शल्यक्रिया गरी निकालिएको जानकारीदिनुभयो । ट्युमर समयमै निकालिँदा क्यान्सर हुनबाट जोगाइएको उहाँले बताउनुभयो । शल्यक्रिया गरिएका महिलाको स्वास्थ्य अवस्था सामान्य रहेका उपचारमा संलग्न चिकित्सकले बताउनुभएको छ । शल्यक्रियामा डा भट्ट, डा जेन्स थापामगर) एनएसथेसिया डा दीपक ठकुराठीलगायतको सहभागिता रहेको थियो ।
शल्यक्रिया गरिएका महिलाका श्रीमान् मानप्रसाद पन्तले तीन वर्षदेखि श्रीमतीको कानमुनि मासुको गाँठा देखिएपछि उपचारका लागि निकटवर्ती भारतीयदेखि यहाँका धेरै अस्पतालमा पुगे पनि उपचार हुन नसकेको बताउनुभयो । “धेरै ठाउँमा देखायौँ”, उहाँले भन्नुभयो, “रु ६० हजार सकिँदासमेत निको भएन । महाकाली अस्पतालमा शल्यक्रिया गर्न रु ३७ हजार खर्च गरी सफलरुपमा शल्यक्रिया भएको छ । शल्यक्रिया सफल भएपछि निकै खुसी भएका छौँ ।”
“कानमुनि पलाएको मासुको गाँठा पहिला सानो थियो । विस्तार बढ्दै गयो”, शल्यक्रिया गरिएकी लिलाले भन्नुभयो, “बढ्दै जान थालेपछि निकै दुख्नसमेत थाल्यो । अस्पतालमा शल्यक्रिया भएपछि अहिले सहज भएको छ ।”