• काठमाडौँ, २७ मङ्सिर

     कानून विषयको उच्च शिक्षामा स्थापित चक्रवर्ती हबी एजुकेशन एकेडेमीका प्रमुख देवेन्द्रबहादुर भण्डारीको जीवनी र संस्मरणमा आधारित ‘दम्पती, सन्तति, सम्पत्ति र विपत्ति’ को विमोचन भएको छ ।

        पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धनप्राप्त सो कलेजको १२ औँ वार्षिकोत्सवका अवसरमा आइतबार आयोजित कार्यक्रममा प्रमुख भण्डारीले दुई हजार ६०० पृष्ठको उक्त बृहत् पुस्तकको ‘प्रि–लञ्च’ गर्नुभएको हो । नेपाल प्रहरीको हवल्दार हुँदै प्रहरी निरीक्षकबाट अवकाशपछि क्याम्पसको अध्यक्ष भण्डारीको सो कृतिमा कलेजका प्रशासकीय प्रमुख विमला हुमागाईंको छाया लेखन रहेको छ । चार वर्षमा तयार गरिएको सो कृतिका लेखक भण्डारीले आफूले बाल्यकालदेखि हालसम्मका सुःख, दुःख र छ दसकका अनुभवलाई समेटेको बताउँदै यस पुस्तकले दक्षिण एसियाली समाजको एक प्रकारको मनस्थितिलाई प्रतिनिधित्व गर्ने बताउनुभयो । उहाँले आफ्नो कलेज कानूनी अध्ययनका क्षेत्रमै उत्कृष्ट रहेको जनाउनुभयो । पुस्तकको प्रकाशन मदन–विष्णुमाया इन्टरनेशनल एकेडेमीले गरेको हो । पुस्तकबारे समीक्षा गर्दै घोष्ट राइटिङ एशोसिएशनका सञ्चालक कमल ढकालले पुस्तकले मानवीय संवेदना र सङ्घर्षशील जीवनका विविध आयामलाई उजागर गरेको बताउनुभयो ।

        कार्यक्रममा कलेजका सल्लाहकार प्रा डा लक्ष्मणप्रसाद उपाध्याय र प्रा डा श्यामकान्त सिलवाललाई अभिनन्दन  तथा कलेजका शिक्षकलाई सम्मान गरिएको थियो भने विभिन्न प्रतियोगिता र वार्षिक बोर्ड परीक्षामा उत्कृष्ट एलएलएम र बिए एलएलबी तहका विद्यार्थीलाई अवार्ड वितरण गरिएको थियो । सो अवसरमा विभिन्न तहका विद्यार्थीले नृत्य र सांस्कृतिक प्रस्तुति गरेका थिए ।

सम्वन्धित समाचार

काठमाडौं, २१ फागुन । अभिनेता नाजिर हुसेनको व्यस्तता बढ्न थालेको छ । उनले नयाँ फिल्ममा अनुबन्धित भएका छन् …

काठमाडौं, २० फागुन । आर्थिक गरिबीसँग लडिरहेको इजिप्टको सरकारले आफ्ना प्रमुख सहरहरू एक एक गरेर बेच्न बाध्य…

टीकापुर (कैलाली), १७ फागुन : कैलालीको टीकापुर नगरपालिकाभरि सयभन्दा बढी कुटानी पिसानी र पेलानीको काम …

काठमाडौं, ८ फागुन । हामी सबैको लागि स्मार्टफोन क्यामेरा, क्याल्कुलेटर, फोटो एल्बम, रिमाइन्डर आदि जस्ता धेरै…