•  कास्की, २७ मङ्सिर

    नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) गण्डकी प्रदेश समितिका अध्यक्षमा गायत्री गुरुङ सर्वसम्मत चयन हुनुभएको छ ।प्रदेश समितिको यही मङ्सिर २५ गतेदेखि पोखरामा सुरु भएर आज बिहान सम्पन्न प्रथम अधिवेशनले उहाँका अध्यक्षतामा २०१ सदस्सीय समिति निर्वाचित गरेको हो । अध्यक्षमा चयन हुनुभएका नेत्री गुरुङ माओवादी केन्द्र गण्डकी प्रदेशसभा संसदीय दलको प्रमुख सचेतकसमेत हुनुहुन्छ । उहाँ अखिल नेपाल महिला सङ्घ(क्रान्तिकारी)को केन्द्रीय सचिवको जिम्मेवारीमा समेत रहनुभएको छ । 

         गण्डकी प्रदेशको पार्टी सङ्गठनलाई व्यवस्थित गर्दै पार्टी निर्माणमा आफू क्रियाशील रहने अध्यक्ष गुरुङले प्रतिबद्धता व्यक्त गर्नुभयो । अधिवेशनले अध्यक्ष सर्वसम्मत निर्वाचित गरे पनि अन्य पदाधिकारी भने चयन गरेको छ । नवनिर्वाचित कमिटीको पहिलो बैठकबाट पदाधिकारी चयन गरिने नवनिर्वाचित अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

        माओवादी केन्द्रले मङ्सिर २५ गते एकै दिन सात भौगोलिक प्रदेश र दुई गैरभौगोलिक प्रदेशको सम्मेलन आयोजना गरेको थियो ।

सम्वन्धित समाचार

 काठमाडौँ, २९ भदौ: अन्ततः लौहपुरुष गणेशमान सिंहको प्रतिमा निर्माण कार्य सम्पन्न भएको छ । विगत २३ वर्ष…

 ढोरपाटन (बागलुङ), २८ भदौ : आज कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिन । आजका दिन आफ्नो बुबालाई भे…

 काठमाडौँ, १८ भदौ : ‘सहर उज्यालो कार्यक्रम’ अन्तर्गत साढे ११ हजार अत्याधुनिक स्मार्ट सडक ब…

रामपुर (पाल्पा), १३ भदौ : पाल्पाको रिब्दिकोट गाउँपालिका–२  जोर्तेमा जिप दुर्घना हुँदा तीनजनाक…