•  कञ्चनपुर, २७ मङ्सिर  

     पुनर्वास नगरपालिकामा विपन्न परिवारको खर हटाएर टिनको छाना राख्ने कार्य सुरु भएको छ । सङ्घीय सरकारको सुरक्षित आवास कार्यक्रम अन्तर्गत नगरपालिका क्षेत्रका ११ वटै वडामा कार्यक्रम सञ्चालन गरिएको छ ।   

    नगरपालिकाभित्र रहेका विपन्न अवस्थाका १६८ परिवारको घरमा टिनको छाना राख्नका लागि छनोटको कार्य भइसकेको नगरप्रमुख जीवनराज थापाले बताउनुभयो । “छनोटमा परेका प्रतिपरिवारलाई रु ५० हजारका दरले अनुदान रकम दिने व्यवस्था गरिएको छ”, उहाँले भन्नुभयो, “पहिलो किस्ताका रुपमा ६० प्रतिशत रकम बैंक खातामार्फत उपलब्ध गराउछौं । दोस्रो किस्ताको बाँकी ४० प्रतिशत रकम प्राविधिकको मूल्याङकन गरेपछि उपलव्ध हुन्छ ।”

     कार्यक्रम सञ्चालनका लागि अनुदान पाउने किसानसँग सम्झौताको कार्य गरिएको छ । अनुदान रकमका लागि घर पूरै खरको प्रयोग गरी बनाइएको छ भने त्यस्तो घरलाई पहिलो, छानामा खर र पर्खाल काठको बनाइएको छ भने दोस्रो र छानामा टायललगायतको प्रयोग गरिएको छ भने तेस्रो प्राथमिकतामा राखेर छनोट गरिएको छ । 
    “छनोटका मापदण्डअनुसार घरको प्राविधिक टोलीले मूल्याङ्कन गरी ५० बढी अङ्क ल्याएको हुुनुपर्दछ”, नगर प्रमुख थापाले भन्नुभयो,“५० बढी अङ्क ल्याउने घर अनुदान रकमका लागि योग्य मानिन्छन् । निर्धारित मापदण्डअनुसार विपन्न परिवारको घरकोस्तर हेरी छनोट गरेका छौं ।”

         खरको छाना हटाएर टिनको छाना राख्नका लागि छनोटमा परेकासँग सम्झौता गरी पहिलो किस्ताको रकम बैंक खातामार्फत उपलव्ध गराउने तयारी भइरहेको उहाँले बताउनुभयो । नगरमा बसोबास गर्ने बासिन्दाले झोपडीमा बस्नु नपरोस् भन्नका लागि कार्यक्रम सञ्चालन गरिएको उहाँको भनाइ छ । “असुरक्षित घरमा बस्दा आगलागी भई क्षति व्यहोर्नु पर्ने र सर्प लगायतका विषालु कीराको टोकाइ बासिन्दा प्रभावित नहुन भन्नकै लागि खरको छाना हटाउने अभियान सञ्चान गरेका छौं । नागरिकलाई सुरक्षित बसोबासको व्यवस्था मिलाउने जनप्रतिनिधिको कर्तव्य अनुसार कार्य भइरहेको छ” उहाँले भन्नुभयो ।

सम्वन्धित समाचार

लेटाङ्ग,  |  जनचाहाना सामुदायिक बन उपभोक्ता समूह लेटाङ्ग-२ ले सामाजिक बिकास कार्यक्रम अन्तर्गत उ…

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…